काभ्रे जिल्लामा केही हतसम्म खुकुलो पार्दै निषेधाज्ञा अवधि १ हप्ता थप गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज एक आदेश जारी गर्दै आगामी असार ७ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी दिएका हुन् । निषेधाज्ञा आज राती १२ बजेपछि सकिदै थियो ।
जिल्लामा कोभिड–१९ संक्रमणदर उल्लेख्य रुपमा घटि नसकेको अवस्थालाई मध्यनजर गरी सम्भावित संक्रमण नियन्त्रण र रोकथाम गर्न निषधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ । ‘काभ्रेपलाञ्चोक जिल्ला भरि मिति २९७८।०२।३१ गने राती १२ बजेबाट मिति २०७८।०३।०७ गते राती १२ बजेसम्म देहाय अनसार जारी गरिएको छ ।’ आदेशमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा जारी गरिएको आदेश
विश्वव्यापी रुपमा फैलिइरहेको नोबेल कोरोना भाइरस संक्रमणको अवस्था यस जिल्लामा पनि उल्लेख्य रुपमा घटि नसकेको अवस्थालाई मध्यनजर गरी यस जिल्लाको सम्भावित संक्रमण नियन्त्रण र रोकथाम गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, संक्रामक रोग ऐन, २०२० को दफा र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी काभ्रेपलाञ्चोक जिल्ला भरि मिति २९७८।०२।३१ गने राती १२ बजेबाट मिति २०७८।०३।०७ गते राती १२ बजेसम्म देहाय अनसार जारी गरिएको छ । यस आदेशको अवहेलना तथा बर्खिलाप हुने गरी कहीं कसैबाट कार्य भएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
देहाय
१ सर्वसाधारणले पालना गर्नुपर्ने:
१.१. औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, हिंडडुल, आवतजावत नगर्ने ।
१.२. नेपाल सरकारबाट तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दुरी अनिवार्य पालना गर्ने ।
१.३. सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा, सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, शैलुन, ब्युटि पार्लर, जिमखाना, समुहमा खेलिने खेलकुद, संग्रहालय आदि सञ्चालन नगर्ने ।
१.४ हाट, मेला, जात्रा, महोत्सव, पार्टि, भोज जस्ता भिडभाड हुने कार्यहरु नगर्ने ।
१.५ तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफुल विक्री वितरण नगर्ने ।
१.६ कोभिड–१९ सँग मिल्दोजुल्दो वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्ने ।
२. कार्यालय सञ्चालन सम्बन्धमाः
२.१ जिल्लास्थित अत्यावश्यक सेवा प्रदायक सरकारी कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने साथै अन्य सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर आन्तरिक कार्य सञ्चालन गर्ने ।
२.२ बैंक तथा वित्तीय संस्थाहरु (फाइनान्स सम्पनी समेत) का हकमा राष्ट्र बैंकबाट ईजाजत प्राप्त बैंकहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर सेवा सञ्चालन गर्ने ।
२.३ बीमा समिति तथा बीमा कम्पनीहरुले आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी कार्यसञ्चालन गर्ने ।
२.४ सहकारी संस्था तथा रेमिटहरुले सिमित कर्मचारीहरुको व्यवस्थापनमा आइतबार र बिहिबार सञ्चालन गर्ने ।
३. औषधि, स्वास्थ्य सामग्री, अत्यावश्यक सामग्री तथा अन्यका सम्बन्धमाः
३.१ औषधी तथा स्वास्थ्य सामग्री उत्पादन र बेचबिखन गर्ने उद्योग तथा पसलहरु लगायत अत्यावश्यक सेवा सम्बन्धी व्यवसाय निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।
३.२ खाद्यान्न, दुध डेरी, मासु, तरकारी, फलफुल पसल, किराना पसल, खानेपानी, ग्याँस पसलहरु र डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने समय बिहान ६ बजेदेखि बिहान १० बजेसम्म निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने ।
३.३ पुस्तक पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी बिहान ११ ः ३० बजेबाट दिनको ४ बजेसम्म सञ्चालन गर्ने ।
३.४ प्रिन्टिङ प्रेसहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी बिहान १० बजेसम्म सञ्चालन गर्ने ।
३.५ विकास निर्माणजन्य सामग्रीका पसलहरु (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी, सिमेन्ट, छड) दिनको ३ बजेबाट राती ७ बजेसम्म सञ्चालन गर्ने ।
४. सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालन सम्बन्धमा:
४.१ सार्वजनिक तथा निजी सवारी साधन निषेध आदेश जारी भएको अवधिभर सञ्चालन नगर्ने ।
४.२ अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी सेवा, दुरसञ्चार, बैंक, वित्तीय संस्था, ईन्टरनेट, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुग्ध पदार्थ ढुवानी, कुखुराको दाना, चल्ला र पशुपंछी जन्य पदार्थ, भेटनरी, मासु तथा मासुजन्य वस्तु बोकेको सवारी साधन, मास्क, सेनिटाइजर, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाक सेवामा प्रयोग भएका सवारी साधनहरुमा व्यानर तथा प्रिन्टमा विषय उल्लेख गरी सञ्चालन गर्ने ।
४.३ निर्माणका सामग्री ढुवानी गर्ने सवारी साधनहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी जिल्लाभित्र खपत हुने सामग्रीको हकमा साँझ ६स्ण्ण् बजेपछि बिहान ७ बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा राती द्धस्ण्ण् बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न सक्ने ।
५. नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था, विमा कम्पनी, विद्युत, संचार, खानेपानी, फोहोरमैला व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचय–पत्रका आधारमा आवतजावत गर्ने ।
६. सञ्चार कर्मी एवम् पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्ने ।
७. निषेध अवधिभर होटल तथा रेष्टुरेन्टहरुले त्बपभबधबथ र ज्यmभ म्भष्खिभचथ सेवा दिन सक्ने ।
८. विवाह, ब्रतबन्धको आयोजनाका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नेगरी आफ्नो घर वा बसेको स्थामा मात्र गर्ने । बिबाहको हकमा (दुलाहा, दुलही समेत) ७ जना भन्दा बढी नहुने गरी १ वटा सवारी साधन मात्र प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने ।
९. माथि उल्लेखित आदेशहरु पालना नगर्ने वा यो काम गर्न बाधा पुयाउने जो कोहीलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८, संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने व्यहोरा सबैमा जानकारी गराईन्छ ।
मितिः २०७८।०२।३१
शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















