‘कोरोना स्वास्थ्य अभियान–२०७८’ का लागि विभिन्न देशमा रहेका तामाङ संघसंस्थाहरुले पठाएको रकम तामाङ चिकित्सक समाज, नेपाललाई हस्तान्तरण गरिएको छ । आज (सोमवार) नेपाल तामाङ घेदुङको संघीय कार्यालयमा समाजलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामाङ घेदुङ र वोधिसत्व बिहारको सहकार्यमा संचालित ‘कोरोना स्वास्थ्य अभियान–२०७८’ लाई सफल बनाउन प्रवासबाट उक्त रकम पठाएको थियो ।
नेपाल तामाङ घेदुङ प्रवास बिभागको समन्वयमा सङ्कलित ३ लाख २ हजार १ सय २१ रुपैयाँ समाजलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम नेपाल तामाङ घेदुङको संघीय उपाध्यक्ष कुमार घिसिङ, घेदुङका प्रबास प्रमुख तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले तामाङ चिकित्सक समाजका सचीव डा. दिपेन लामा तामाङ र सदस्य डा. सन्जित तामाङलाई हस्तान्तरण गरिएको थियोे ।
उक्त रकम तामाङ समाज जापान बाट रु १ लाख ५ हजार, नेपाल तामाङ घेदुङ दक्षिण कोरियाबाट ८१ हजार नौसय २१, नेपाल तामाङ घेदुङ कतार ३० हजार, नेपाल तामाङ घेदुङ साइप्रस २५ हजार, नेपाल तामाङ घेदुङ बहराइन २० हजार, नेपाल तामाङ घेदुङ मलेसिया १५ हजार, तामाङ समाज यूएई १० हजार, तामाङ समाज यूएईका पुर्व अध्यक्ष महेश मोक्तानबाट १० हजार र तामाङ समाज जापानका पुर्व उपाध्यक्षबाट ५ हजार सहयोग उपलब्ध गराएका थिए ।
हस्तान्तरण कार्यक्रममा घेदुङको महासचिव बाबु घिसिङ, कोषाध्यक्ष रुप बहादुर योन्जन, तामाङ समाज जापानको पुर्व उपाध्यक्ष सरोज तामाङको उपस्तिथि थियोे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















