सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी ह्वीप उल्लंघन गरेको आरोपमा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सात प्रदेश सांसदलाई निलम्बन गरेको छ । सोमबार बसेको दलको बैठकले ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

प्रदेश सांसदहरु पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरालाई निलम्बन गरेको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् ।

उनीहरुमध्ये बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अन्य चार जनालाई ७ दिन निलम्बन गर्ने निर्णय गरिएको सचेतक कामीको भनाइ छ ।

निलम्बनमा परेकाहरुले गत जेठ २५ गते मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णयको विपक्षमा मतदान गरेका थिए । त्यसपछि उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला