काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको प्रमुख सल्लाहकार तथा संविधान आयोगका प्रमुख सल्लाहकार तथा समाजसेवी प्रा. डा जगदीश वैद्यले वडा नं. ८ मा रहेको मेच्छेपौवा स्वास्थ्य चौकीको अवलोकन गरेको छ । सोमबार प्रा.डा. वैद्यको टोलीले स्वास्थ्य चौकीको अवलकन गर्नुका साथै मनोपरामर्श समेत दिएका छन् ।

टोलीले अवलोकन पछि स्वास्थ्यचौकीको भौतिक संरचनाको अभाव रहेको र केही मर्मतको लागि नगद समेत सहयोग गरेका थिए । सो क्रममा भवनको भित्रीभागमा केही मर्मतको लागि प्रा.डा. वैद्य र सोही वडाका वरिष्ठ अधिवक्ता रमेशकुमार मैनालीले पाँच।पाँच हजार ?पैयाँ नगद सहयोग गरेका थिए ।

सोही क्रममा वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङले भवन निर्माणको लागि सहयोग गर्न सो टोलीलाई अनुरोध गरेका थिए । अध्यक्ष घिसिङको अनुरोधपछि वैद्यले करिब २५ शैयाको स्वास्थ्यचौकी भवन निर्माणको लागि आफूह?ले सक्दो सहयोग र पहल गर्ने बचन दिएका दिएका थिए । साथै उनले सो वडाबाट सञ्चालन हुनेगरी एउटा एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

त्यसैगरी सो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाह?लाई कोभिडकोबारेमा मनोसामाजिक परामर्श समेत प्रदान गरेको थियो । कोभिड–१९ मनोसामाजिक परामर्श मेची महाकाली अभियान अन्तर्गत मनोसामाजिक परामर्श ओम समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुवासचन्द्र घिमिरेले दिएका थिए । टोलीले स्वास्थ्य चौकीलाई केही स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको थियो ।

वडासम्मै आएर कोभिड विरुद्ध लड्न सहयोग र साहस दिएकोमा वडा अध्यक्ष घिसिङले सो टोलीलाई धन्यवाद समेत दिएका थिए ।

टोलीमा राष्ट्रिय दलित आयोगका सदस्य मिना देवि समोल, कोभिड–१९ मनोसामाजिक परामर्श मेची महाकाली अभियानका सदस्य दिनेश मगर, ओम बृद्धाश्रमको अध्यक्ष गणेशमान श्रेष्ठ लगायतका सहभागी थिए ।

तामाङ दाजुभाइद्वारा स्वास्थ्य सामग्री सहयोग

यसैबीच तेमाल गाउँपालिका वडा नं. ८, भोज्र्याङ निवासी कर्मसिं तामाङ र देवसिं तामाङले स्वास्थ्यचौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन ।

तामाङद्वयले डिटोल साबुन ४५ थान, मास्क १०२० थान, ग्लोभ्स ३०० थान, थर्मल गन १ थान, अक्सिमिटर २ थान, सेनीटाइजर १० लिटर, फेससिल्ड २० थान सहयोग गरेका छन् ।

सहयोग गर्ने दुवैजनालाई वडा अध्यक्ष घिसिङले धन्यवाद दिंदै सबै सामग्रीको सदुपयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

Comments

comments