काभ्रे जिल्लामा ३४ जनाले कोरोना जितेका छन् । आज मंगलबार पिसिआर परिक्षण गर्दा २४ र एन्टीजेन परिक्षणबाट १० गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टा यता जिल्लामा ३ जनाको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा १ महिला ४ पुरुष, पाँचखालमा २ महिला ४ पुरष, धुलिखेलमा १ महिला, पनौतीमा ५ महिला १ पुरुष, मण्डनदेउपुरमा १ महिला २ पुरुष, महाभारतमा १ पुरुष, बेथानचोकमा १ महिला र रोशीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टीजेन परिक्षणबाट महाभारतमा ४ महिला ६ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या १०४९४ पुगेको छ भने निको भएको संख्या ८८११ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ७२१ महिला र ८०४ पुरुष गरी १५२५ पुगेको छ । अस्पताल आइसोलेसनमा १०६ जना र होम आईसोलेसनमा १४१९ रहेका छन् ।
पछिल्लो चरणमा काभ्रेमा संक्रमणदरमा धेरै कमी आएको छ भने निको हुने दर बढेको छ ।
यस्तो छ मृत्यु विवरण
यसबीच डा झाका अनुसार २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रामेछापका ४३ वर्षिय पुरुष, भक्तपुरका ७७ वर्षिय महिला र बनेपाका ८३ वर्षिय पुरुष रहेका छन् । उनीहरु सबैको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको झाले जानकारी दिए ।
यससँगै मृत्यु हुनेको संख्या २१८ पुगेको छ । काभ्रे जिल्लाका १५८ जना र अन्य जिल्लाका ६० जना रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















