काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १ मा रहेको देवीटार स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । विभिन्न देशमा रहेका देवीटारका युवाहरुको सहयोग र श्री सुनौलो देवीटार युवा क्लबको संयोजनमा स्वास्थय सामग्री सहयोग गरेको हो ।
उक्त स्वास्थ्य सामग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष विजयसिं लामाले वडा सदस्य टिका प्रसाद घोरसाइनेको उपस्थितिमा स्वास्थ्य चौकी इन्चार्ज सुरेश घिसिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा डा. दिलबहादुर थोकरको समेत सहभागीता रहको थिए ।
हस्तान्तरण गरिएको सामग्रीहरुमा अक्सिजन सिलिण्डर २ थान, इलेक्ट्रोनिक वाटर जार १ थान, डुप्लार १ थान, अक्सिमिटर २ थान लगायतका ७५ हजार रुपैयाँ बराबरको सामग्री थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















