जिल्ला प्रशासन कार्यालय, काभ्रेले प्रवाह गर्ने सेवालाई सूचारु गर्ने भएको छ । प्रशासन कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सेवा प्रत्येक दुई स्थानीय तहको लागि हप्ताको एकदिन सेवा प्रवाह गर्ने सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको मापदण्डहरु पालना गर्दै यस कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सेवा प्रवाहलाई मिति २०७८ साल असार ०८ गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि बार अनुसार सेवा प्रवाह हुने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचनाः

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला