काभ्रेको चौंरीदेउराली गाउँपालिकाका जनप्रनिधिहरुले १ महिनाको सेवासुविधा बापत रकम अक्सिजन प्लान्ट निर्माणको लागि सहयोग गरेका छन् । जनस्तरबाट आफ्नै अक्स्जिन प्लान्ट निर्माण गर्न लागेको गाउँपालिकाको योजनालाई सफल बनाउन जनप्रतिनिधिहरुले यसरी सहयोग गरेका हुन् ।

अध्यक्ष दिनाथ गौतमका अनुसार गाउँपालिकाको हिजो बसेको बैठकले उक्त सहयो गर्ने निर्णय गरेको थियो । जनप्रनिधिहरुबाट ५ लाख ९३ हजार रुपैयाँ जम्मा भएको अध्यक्ष गौतमले जानकारी दिए ।

गत बर्ष पनि सबै जनप्रतिनिधिहरुले सोही बराबरको रकम कोरना कोषमा जम्मा गरेका थिए ।

यसै गरि बैठकले गाउँपालिकामा रहेका शिक्षक कर्मचारीहरुलाई समेत सहयोगको लागि आव्हान गरिएको छ । ‘गाउँपालिका भित्रका सबै शिक्षक र कर्मचारिहरुसँग पनि न्युनतम ५ दिनको रकम सहयोगको लागि अनुरोध गर्ने निर्णय गरेको छ ।’ अध्यक्ष गौतमले भने ।

गत बर्ष पनि शिक्षक कर्मचारीहरुले ३ दिन र ५ दिन बराबरको तलब रकम कोरोना कोषमा जम्मा गरिएको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला