आयल निगम नाफामा भएपनि फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि, नयाँ मुल्य कति ?

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, जिडेल, मट्टितेल तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान)को मूल्य बढाएको हो। पेट्रोल, जिडेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ।

२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ।

हवाई इन्धन अन्तर्राष्ट्रि उडाको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ।

आयल निगमले करिब १८ दिनकै अवधिमा पुन: इन्धनको मूल्य बढाएको हो। यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी पनि निगमले इन्धनको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको थियो।

फेरि मूल्य बढाउँदा पनि निगमले घाटा नै रहेको बताएको छ। हाल पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको निगमको जिकिर छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।