चुडामणी तिमल्सिना
काभ्रे जिल्लाको वेथान्चोक गाउँपालिका वडा नं १ फुर्केथलीमा प्राविधिक स्टमेट उल्लंघन गरी बनाएको सडकका कारण पहिरो जाँदा एक किसानको गोठ पुरेको छ । अविरल वर्षाका कारण नयाँ सडकमा पहिरो जाँदा स्थानीयको घर पूर्णरुपमा जोखिममा परेको छ भने एक स्थानीयको गोठ पुरिदा एउटा पाडाे समेत मरेको छ ।

गोठमा किसानको दुई पाडो रहेको थियो । गत वर्ष प्रदेश सरकारबाट बिनियोजित बजेटले ५३० मिटर नयाँ ट्रयाक निर्माण निर्माण गर्ने क्रममा प्राविधिक स्टमेट बिपरित उक्त सडक निर्माण भएको थियो । निर्माण गर्दै गर्दाको बेला स्थानीयहरुले विरोध गरेपनि अटेर गरेर निर्माण गरेको उक्त सडकका कारण स्थानीयले सास्ती भोग्नुपरेको छ । हाल पहिरो गएपछि स्थानीय सूर्यप्रसाद तिमल्सिना र हुद्धराज तिमल्सिनाको बिचल्ली बनाउनुका साथै फुर्केथली, लामिडाँडा, झिंगे र सुकुमका करिब एक सय पचास घरधुरीले प्रयोग गरेको खानेपानी हप्तौं देखि बन्द भएको छ । अहिले स्थानीय वासिन्दाहरु कोहि खोल्साको पानी त कोहि आकासे पानीको भर पर्नु परेको स्थानीय हिरामणी सापाकोटाले बताए ।

उता यस्तै पीडा खेप्नु परेको छ खानीखोला गाउँपालिका वडा नं ७ पनि । यस्तै चपेटामा परेको छ यसबेला । ‘गोठभरी वस्तु, खानेपानी छैन, हप्तौं भयो धारामा पानी छैन, कुनै बेला आउँछ ।’ खानीखोला–७ का जगत लामाले भने, ‘तर लेदो खान बिवश छौं, त्यहीँ पानी पिउनु परेको छ ।’
यो सब हुनुको पछाडि सडक निर्माणको क्रममा प्राविधिक स्टमेटलाई तोडमोड गरी सडक निर्माण गर्नु हो ।
यसको समाधान के ? स्थानीय निकायका पदाधिकारीहरिले गम्भीर हुनु पर्ने बेला आएन र ?
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















