काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ को माम्ती खोलाका कारण बीपी राजमार्ग अवरोध हुँदा बाटैमा सुत्केरी भएकी छिन् । आज उक्त सडक खण्ड अवरोध भइ अलपत्र परे पछि बाटैमा सुत्केरी बेथा लागेको प्रहरीले जनाएको छ ।

सिन्धुलीतर्फबाट आईरहेका एक भाडाको बसमा सवार भई काठमाण्डौ तर्फ आउदै गरेको एक महिलालाई लामो समयसम्म जाममा परेकाले सुत्केरी बेथा लागि सोही स्थानमा छोरीको जन्म दिएको प्रहरीले जानकारी दिएको छ ।

आमा छोरीलाई तत्काल उक्त स्थानमा खटिएको प्रहरी टोलीले उद्धार गरी प्रहरीको मोबाईल गाडीमा राखी उपचारको लागि धुलिखेल अस्पतालमा ल्याएको थियो । प्रहरीका अनुसार अस्पतालमा आधारित एकद्धार संकट व्यबस्थापन केन्द्रद्वारा निःशुल्क उपचारको व्यवस्था मिलाईएको छ । हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।