नेपाल तामाङ शैक्षिक परामर्श संघले सिन्धुपाल्चोकको मेलम्चीका बाढी प्रभावितलाई शनिबार शैक्षिक सामाग्री(राहत) वितरणका साथै एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

संघले तामाङ चिकित्सक समाज,प्याब्सन काभ्रे,मिस तामाङ विजेता समाज र म्हेन्दोला फोले टिभि कार्यक्रम टिमसँग सहकार्य गरी ३ सय २१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणका साथैस्वास्थ्य शिविर आयोजनागरेको संघका अध्यक्ष एवं वरिष्ठ शैक्षिक परामर्शविद् के.डि. मोक्तानले जानकारी दिए ।

मेलम्ची ११ स्थित प्रगती अंग्रेजी विद्यालयमा भएको औपचारीक कार्यक्रममा वडाध्यक्ष रुद्र दुलाल, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको रोहवरमास्थानीय बालबालिकाहरुलाई शैक्षिक सामाग्री,मास्क, सेनिटाईजर वितरण गरिएको छ । बाढीद्धारा अति प्रभावित ७ शिक्षकहरुलाई केहि नगद राहत सहयोग समेत हस्तान्तरण गरिएको मोक्तानले बताए ।

मनोपरामर्श सेवा समेत उपलब्ध गराएको कार्यक्रमका बीच भएको स्वास्थ शिविरमा १३० जना स्थानीयले लाभ लिएको तामाङ चिकित्सक समाजका अध्यक्ष दिलबहादुर थोकरले जानकारी दिए । एन्टिजेन किटद्धाराएन्टिजेन परीक्षण,सामान्य चिकित्सा सेवा अन्र्तगत स्वास्थ परीक्षण र निशुल्क औषधी वितरण गरिएको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष मोक्तानले तामाङ शैक्षिक परामर्श संघ पहिचानको हिसावले तामाङ रहेपनि शैक्षिक तथा सामाजिक अभियानलिएर सबै समुदाय, क्षेत्र,वर्गमाझ सामानान्तर रुपमासहयोगी हात फैलाउँदै पुग्ने योजना रहेको बताए ।

“हामी यहाँहरुको पिडामा अलिकति भएपनि मलमपट्टि लगाउन आएका हौं,मेलम्ची ११ र वरपरका अन्य प्रभावित क्षेत्रमा पनि जाने प्रयासमा छौं,आर्थिक रुपमा समस्या भएका बाढी प्रभावित विद्यार्थीहरुको भविष्यबारे पनि सोचेका छौं,त्यसका लागि हामीले दिर्घकालिन छात्रवृत्ति प्रदान गर्न सक्छौं ।” उनले भने ।

तामाङ चिकित्सक समाजका अध्यक्ष दिल बहादुर थोकरले यस्तो विपत्तिमा निर्वाह हुने भुमिकाको निकै अर्थ रहने बताए । नागरिकको सेवामा खट्न पाउनुलाई आफूहरुले समुदायमा भिज्ने अवसरको रुपमा लिएको उहाँको भनाई छ । यो अभियानमा तामाङ चिकित्सक समाजलाई देश र देशबाहिरका नेपालीहरुको साथले झनै उर्जा मिलेको उनको धारणा छ ।

म्हेन्दोला फोले टेलिभिजन कार्यक्रम प्रस्तोता सुनिल लामाले विपत्तिमा सबैभन्दा बढि हातेमालो तथा साथ आवश्यक रहेको पाटोलाई बोध गरी आफूहरु यो अभियानमा जोडिएको बताए । चलचित्र निर्देशक विनय दोङले आपतविपतमा सबैले सकेको भुमिका निर्वाह गर्नुपर्ने बताए ।

मिस तामाङ २०२१ सफलता थिङ तामाङले सामाजिक उत्तरदायित्व बहनका लागि यो अभियानमा सामेल भएको बताए ।

वडाध्यक्ष दुलालले राहत वितरणमा मेलम्ची नगरपालिकाले एकद्धार प्रणाली लागु गरेको जनाउँदै उहाँले अरु राहत तथा सहयोग भन्दा यो पटकको सहयोग भिन्न र महत्वपूर्ण रहेको बताए । स्थानीय रुपमा प्याब्सन काभ्रेका उपाध्यक्ष महेन्द्र थिङको सहजिकरण, सिन्धुपाल्चोक प्याब्सन, स्वास्थ्य शाखा मेलम्चीसँग समन्वय गरीविपत्तिमा साथ दिन आउने सहयोगीहरुप्रति आभार प्रकट गरे ।

निशुल्क स्वास्थ्य परीक्षण,स्वास्थ्य सामाग्री तथा औषधी वितरण,मनोपरामर्श सेवा र शैक्षिक सामाग्री वितरण कार्यक्रमप्रति स्थानीयबासी,शिक्षक, बालबालिकाहरुले खुसी व्यक्त गरे ।

राहत वितरण तथा स्वस्थ्य शिविर कार्यक्रममामिस तामाङ २०१८ सिम्रन स्ह्याङ्वो, मिस तामाङ २०१९ फस्ट रनरअप सविना तामाङ,मिस तामाङ २०२१ सेकेण्ड रनरअप सोनिया लामा,तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ काभ्रेका सहसचिव जगत तामाङ, पत्रकार अभिशेक माझी,शैक्षिक परामर्श संघका पदाधिकारी तथा सदस्यहरु,तामाङ चिकित्सक समाजको टोली,प्याब्सन केन्द्र र प्याब्सन काभ्रेका पदाधिकारी तथा सदस्यहरु,प्रगति अंग्रेजी विद्यालयका प्रधानाध्यापक ऋषीराम नेपाल, शिक्षक विद्यार्थी, राष्ट्रिय खेलाडी अमर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा नेपाल तामाङ शैक्षिक परामर्श संघका तर्फबाट अध्यक्ष के.डि.मोक्तान र प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सरोज निरौलाले कार्यक्रमलाई सहयोग गर्ने चिकित्सक,स्वयंसेवक,पत्रकारहरुलाई प्याब्सनका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रम समापनपछि राहत विरतण गर्न पुगेका चार वटै संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुहरुको टोलीले बाढीबाट क्षतिग्रस्त स्थलहरुको अवलोकन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।