काभ्रेमा रहेको धुलिखेल कारागार कार्यालयलाई विभिन्न पुस्तक हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बीच महान्यायधिवक्ता रमेश बडालले उक्त पुस्तकहरु हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको पुस्तकहरुमा महान्यायाधिवक्ताको कार्यालयबाट प्रकाशित जर्नल, कानुन किताब व्यवस्था समिति, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल कानून व्यवसायी परिषद, राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालबाट प्रकाशन गरिएका बिभिन्न कानुन सम्बन्धी पुस्तक, कथा, उपन्यास, जीवनी, कला, साहित्य, निबन्ध लगायतका रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार आज हस्तान्तरण गरिएको पुस्तकहरु रु. १ लाख १७ हजार बराबरको ३०२ थान पुस्तकहरु रहेको छ । उक्त पुस्तकहरु कारागार कार्यालय काभ्रेपलाञ्चोकका कारागार प्रमुख गायत्री प्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

पुस्तक अस्तान्तरण कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता पदम प्रसाद पाण्डे, नायव महान्यायाधिवक्ता श्याम कुमार भट्टराई, काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायधिश भिष्म प्रसाई, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री, जिल्ला सरकारी वकिल कर्यालयका जिल्ला न्यायाधिवक्ता चन्द्र कुमार पोखरेल, सहायक जिल्ला न्यायाधिवक्ताहरु र प्रहरी नायव उपरीक्षक हरि खतिवडा लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।