काभ्रेको पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले किसानलाई ८० प्रतिशत अनुदानमा लैनो गाई वितरण गरेका छन् । नगर प्रमुख न्यौपानेले नगरका ३ वटा वडाका किसानलाई लैनो गाई वितरण गरेका हुन् ।

कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाका अनुसार वडा नम्बर ३, ८ र १० का गरी ४० किसानलाई लैनो गाई वितरण गर्ने कार्यक्रम अन्तर्गत लैनो गाई वितरण गरिएको हो ।

वडा नम्बर ३ मा १६ वटा, वडा नम्बर ८ मा १० वटा मध्य ६ वटा वितरण भैरहेको छ भने ४ वटा बाँड्न बाँकी रहेको शाखा प्रमुख सापकोटाले जानकारी दिए । वडा नम्बर १० मा १४ मध्ये ९ वटा वितरण गरिएको छ ।

नगरप्रमुख न्यौपानेले किसानलाई जर्सी र होल स्टेन क्रस जातका गाई वितरण गरिएको थियो ।

नगरपालिका र संघ सरकारको ८० प्रतिशत अनुदानमा लैनो गाई वितरण गरिएको हो । नगरपालिकाले सुत्केरी भत्ता बाहेक सबै भैँसीको पाडी वितरण कार्यक्रमकै मापदण्ड अपनाएर लैनो गाई वितरण गरेको हो । ‘भैँसीको पाडीलाई चाहिँ सुत्केरी भत्ता पनि दिने गरेका छौँ, गाईलाई सुत्केरी भत्ता दिंदैनौं, बिमाको ब्यवस्था नगरपालिकाले नै गरेको छ ।’ शाखा प्रमुख सापकोटाले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।