काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठले किसानहरुलाई बाख्रा वितरण गरेकी छिन् । बुधबार उपाध्यक्ष श्रेष्ठले वडा नं. २ स्थित सिम्थलीका किसानलाई उन्नत जातको जमुनापारी बाख्रा वितरण गरेकी हुन् ।
बाख्रा वितरण गर्न श्रेष्ठ, युवा नेता दिपक गौतम र वडा अध्यक्ष कृष्ण कार्की सो स्थानमा पुगेका थिए । श्रेष्ठले सिम्थलीका ६१ जना किसानलाई ५० प्रतिशत अनुदानमा उक्त बाख्रा वितरण गरिएकी थिइन् ।
पशुपालनबाट किसानको जीविकोपार्जनमा सहज गराउनका लागि उन्नत जातको बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
गाउँपालिकाको पशु सेवा शाखाको आ.ब. २०७७।७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उन्नत जातको जमुनापारी बाख्रा किसानहरुलाई वितरण गरिएको उनले बताइन् ।
बाख्राको विमा समेत गरेर गाउँपालिकाले आफूहरुलाई बाख्रा वितरण गरेपछि स्थानीय किसान खुशी भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















