काभ्रे जिल्लाको रोशी गाउँपालिकाको नवौँ गाउँसभाले गरेको निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) नवौं गाउँसभा समापन गर्दै निर्णयहरु सार्वजनिक गरेको हो ।
असार १० गते सुरु भएको गाउँसभा शुक्रबार गाउँपालिकाका अध्यक्ष डि.बी. लामाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

गाउँसभाले सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम र ६३ करोड ४३ लाख ३१ हजारको बजेट अनुमोदन गरेको छ ।
यस्तो छ नवौं गाउँसभाको निर्णयहरु
१- रोशी गाउँपालिकाको आर्थिक बर्ष २०७८र७९ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न बनेको आर्थिक विधेयक, २०७८ स्वीकृत गर्ने निर्णय गरियो ।
२- रोशी गाउँपालिकाको विनियोजन विधेयक, २०७८ स्वीकृत गर्ने निर्णय गरियो ।
३- रोशी गाउँपालिकाको चालु आ।ब २०७७र७८ को यथार्थ र आगामी आ।ब २०७८र७९ को अनुमानित आय ब्यय विवरण सहितको बार्षिक निति, कार्यक्रम, तथा बजेट स्वीकृत गर्ने निर्णय गरियो ।
४- गाउँ सभाबाट पारीत आ।ब २०७८र७९ को प्रस्ताबित योजना तथा कार्यक्रमहरुको बाँडफाँड स्वीकृत गरी सो अनुसारको कार्यक्रम कार्यान्वयन गर्ने गराउने अधिकार गाउँ कार्यपालिकालाई दिने निर्णय गरियो ।
५- आठौ गाउँसभा मिति २०७७ माघ १६ गतेदेखि २०७८ आषाढ सम्म गाउँ कार्यपालिकाको बैठकबाट भएका निर्णयहरु अनुमोदन गर्ने निर्णय गरियो ।
६- गाउँपालिकाको स्वीकृत दरबन्दीमा कार्यरत निजामति सेवा तर्फका कर्मचारी बाहेक देहाय बमोजिमका स्थानीय सेवा तर्फका कर्मचारीहरुको तलबी प्रतिबेदन स्वीकृत गर्ने निर्णय गरियो ।
७- गाउँपालिकाबाट सम्पादन हुने विकास निर्माण तथा सार्बजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता बिषयलाई प्रभावकारी रुपमा लागु गर्ने निर्णय गरियो ।
८- गाउँसभाबाट गर्नुपर्ने निर्णय तत्कालै गरी निकास लिनुपर्ने भएमा र तत्काल गाउँ सभाको बैठक नबसेको वा बस्न नसक्ने अबस्थामा समेत गाउँपालिका अध्यक्षबाट निर्णय गरी कार्यान्वयन गर्ने यसरी निर्णय गरिएको विषय अनुमोदनको लागि गाउँसभामा पेस गर्ने गरी अख्तियरी दिने निर्णय गरियो ।
९- गाउँसभाबाट गर्नुपर्ने निर्णय मध्ये तत्कालै निकास लिनुपर्ने भई कार्यपालिका तथा अध्यक्षबाट चालू आ।ब ०७७/७८ मा भएका संलग्न सूचि अनुसारका निर्णयहरु अनुमोदन गर्ने निर्णय गरियो ।
१०- आ.ब ०७६र७७ को अन्तिम लेखा परिक्षणले औंल्याएका बेरुजुहरु फर्छ्यौट गर्न गाउँ कार्यपालिका लाई निर्देशन दिने निर्णय गरियो ।
११- मिति २०७८।०३।०३ को कार्यपालिका वैठकबाट पेश गरीएको ढुंगा गिट्टी वालुवा सम्बन्धी भएको अवरोध र सोबाट आ।ब ०७७र०७८ को ठेक्का बन्दोबस्तमा घटाउनु पर्ने कार्यपालिकाको कर प्रस्ताव अनुमोदन गर्ने निर्णय गरियो ।
१२- गाउँपालिकाको क्षमता विकास योजना¸२०७८ स्वीकृत गर्ने निर्णय गरियो ।
१३- रोशी गाउँपालिकाको लागि प्रस्तावित इ७ः सर्वेको प्रतिवेदन संशोधन अनुसार स्वीकृत गरी देहाय अनुसारको दरवन्दी कायम गर्ने निर्णय गरियो ।
१४- सामाजिक परिक्षण, सार्बजनिक परिक्षणको प्रतिवेदन उपर छलफल गरी सो मा उल्लेखित सुझाव कार्यान्वयन गराउन गाउँ कार्यपालिकालई निर्देशन दिने निर्णय गरियो ।
१५- न्यायिक समितिको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरियो ।
१६- साविक गा.वि.स. बाट प्राप्त भएका बेरुजुहरु मध्ये वोल भर्पाई तथा नगद दाखिला भई पेश भएका संलग्न सूचि बमोजिमका बेरुजुहरु फर्छर्यौट गर्ने निर्णय गरियो ।
१७- यस गा.पा.मा रहेका मेलमिलाप कर्ताहरु मध्ये संलग्न बमोजिमका मेलमिलाप कर्ताहरुलाई सूचिकृत गर्ने निर्णय गरियो ।
१८- यस गाउँपालिका अन्तर्गत आयोजनाहरु मध्ये कतिपय आयोजनाहरुको काम सम्पन्न भएको तर बिल भर्पाई आउन नसकेको कारण भुक्तानी गर्न ढिलाई हुने भएकाले सम्बन्धित वडाध्यक्षहरुको प्रस्ताब अनुसार आगामी आ.ब. मा भुक्तानी दिने गरी स्वीकृत गर्ने निर्णय गरियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















