कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रले काभ्रेका पत्रकारहरुलाई वाल संरक्षण तथा मानव बेचविखन विरुद्ध एकदिने अभिमुखकीकरण तालिम दिएको छ । ई-क्याप लक्जम्बर, यू.एस् डिपार्ट अफ स्टेटको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रमको समन्वय नेपाल पत्रकार महासंघ, काभ्रे शाखाले समन्वय गरेको हो ।
वाल संरक्षण सम्बन्धी अवधारणा र मुलभुत कानुनी व्यवस्था, पीडित केन्द्रित समाचार सम्प्रेसनमा पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिउको आयोजकले जनाएको छ ।
सञ्चालन गरिएको कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का वरिष्ठ कार्यक्रम व्यवस्थापक राम मणि गौतमले बताए ।
यसैविच पत्रकारिता संगै कानुनी नीति नियमहरुको पनि जानकार हुन आवश्यक रहेको पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री नाथ तिमल्सिनाले बताए । त्यसैले यस्ता कार्यक्रमहरु पत्रकारहरुका लागि अत्याआवश्यक रहेको बताए । आगमी दिनमा पनि विभिन्न संघ संस्थाहरु सँग समन्वय गरि काभ्रेका समग्र पत्रकारहरुको क्षमतामा अभिबृद्धि गर्न पत्रकार महासंघ काभ्रे लागि रहने बताए ।
तामिलमा केन्द्रका वरिष्ठ कार्यक्रम व्यवस्थापक राममणि गौतम, र काठमाण्डौँ स्कुल अफ ल का सह-प्राध्यापक कपिल अर्याल, नेपाल पत्रकार महासंघ काभ्रेका शाखाका अध्यक्ष बद्रीनाथ तिमल्सिना लगायतका सहभागीता रहेका थिए ।
उक्त कार्यक्रममा काभ्रेका विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत २५ जना पत्रकारहरुको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















