काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. १० मारहेको सेवानुग्ङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई बनेपा–७ मा रहेको Artistic Dentosphere Clinic ले २५ प्रतिशत छूटमा दाँतको उपचार गर्ने भएको छ । शुक्रबार साकोसका अध्यक्ष रामगोपाल भुजेल र ल्किनीकका सञ्चालक डा. सृजल भुजेल बीच संस्थागत रुपमा संझौता भएसँगै सदस्यहरुले छूटमा उपचार पाउने भएको हो ।

दुवै संस्थाबीच सो सम्बन्धमा ४ बुँदे संझौता समेत भएको साकोसका अध्यक्ष भुजेलले जानकारी दिए ।
साकोस मार्फत उपचार गर्दा साकोसको सदस्य अनिवार्य हुनुपर्ने र सदस्यता परिचयपत्र र सिफारिस विना छूटमा उपचार नहुने भुजेलले बताए । साथै यो संझौता श्रावण १ गतेदेखि लागु हुने उनले जानकारी दिए ।
यस्तो छ संझौताः
आज मिति २०७८।०३।२५ का दिन बनेपा–१० स्थित सेवानुग्ङ बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा–७ स्थित Artistic Dentosphere Clinic बीच भएको छलफल अनुसार निम्न बमोजिम समन्वय गरी अघि बढ्ने सहमती गरियोः
सहमतिका बँदाहरु
१. सेवानुङ साकोसले आफ्ना सम्पूर्ण शेयर सदस्य तथा बचत कर्ताहरुलाई Artistic Dentosphere Clinic मा सेवा लिन जाने सिफारिस गर्ने ।
२. सेवानुङ साकोसका शेयर सदस्य तथा बचत कर्ताहरुले Artistic Dentosphere Clinic बाट सेवा लिए वापत लाग्ने कुल खर्चको २५ प्रतिशत छुट दिने ।
३. सेवानुड साकोसका शेयर सदस्य तथा बचत कर्ताहरुले Artistic Dentosphere Clinic बाट सेवा लिन जाँदा अनिवार्य रुपमा साकोसको परिचय पत्र वा सिफारिस पत्र लिएर जानुपर्ने ।
४. दुई संस्थाबीचको पहिलो चरणको संझौता आगामी २०७८।०४।०१ बाट शुरु भई २०७९।०३।३२ सम्म कायम रहने र सो पश्चात् दुई संस्थाबीचका पदाधिकारीहरुबीच पुनः छलफल गरी सहमती नवीकरण गर्ने ।
संझौता पत्रमा हस्ताक्षर गर्ने व्यक्तिहरु
राम गोपाल भुजेल
अध्यक्ष
सेवानुङ वचत तथा ऋण सहकारी संस्था लि।
बनेपा–१०
डा. सृर्जल भुजेल
सञ्चालक
Artistic Dentosphere Clinic
बनेपा–७
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















