अशोक बुद्ध लामा
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ११ का कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । वडा अध्यक्ष मिलन लामाले आज कृषकहरुलाई हाते ट्याक्टर, औषधी छर्ने स्प्रे, मकै छोडाउने मेसिन वितरण गरेका हुन् ।

कृषकहरुलाई हाते ट्याक्टर १२ थान, औषधी छर्ने स्प्रे २३ थान, मकै छोडाउने मेसिन ७ थान कृषकहरुलाई लामालाई वितरण गरेका थिए । सो कृषि सामाग्रीहरु ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडा अध्यक्ष लामाले जानकारी दिए ।
उक्त सामाग्री श्री रोतिम कृषि सहकारी संस्था लि.को समन्वयमा वितरण गरिएको संस्थाका अध्यक्ष काल्साङ लामाले जानकारी दिए ।
वितरण कार्यक्रममा ‘रोशीको दृष्टि, पर्यटन र कृषि’ भन्ने नारालाई साकार पार्न कृषकहरुलाई अनुदानमा कृषि सामग्रीहरु वितरण गरेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















