काभ्रेको अरनिको र बीपी राजमार्गमा सवारी जाँच गर्ने क्रममा प्रहरीलाई घुस खुवाउने खोज्ने ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा दिएको छ । प्रहरीले आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा तीन जना सवारी चालक र सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जानकारी दिएको हो ।
प’क्राउ पर्नेमा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा ३ घर भएका आईचर गाडी चालक बल बहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भएका टिपर चालक केदार थापा र सोहि टिपरका सहचालक भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ का सन्तोष श्रेष्ठ रहेका छन् ।
काभ्रे प्रहरीले राजमार्गमा आफुखुसी पे्रसर हर्न जडान गरी राजमार्गमा र शहरी, विद्यालय, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गर्ने, ओभरलोड बोक्ने तथा पानी चुहाउने सवारी साधनलाई कारबाही गर्दै आएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका तीनै जनालाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















