काभ्रेको चौंरीदेउराली गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारलाई प्रति महिना २ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले विहिबार नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्दै सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।
जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारलाई सहयोग स्वरुप प्रति महिना २ हजार उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रमको बुँदा नं. ७३ मा लेखिएको छः ‘७३. यो वर्षदेखि जनयुद्ध तथा जनआन्दोलनका क्रममा हत्या गरिएका तथा वेपत्ता पारिएका शहिद तथा वेपत्ता परिवारलाई प्रतिमहिना रु २ हजारका दरले सहयोग उपलब्ध गराइनेछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















