प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज) ले आगामी निर्वाचनमा नेकपा एकालेले १५ सिट मात्र जित्ने ठोकुवा गरेका छन् । काभ्रेको चौंरीदेउराली गाउँपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले उक्त ठोकुवा गरेका हुन् ।
एमालेको अध्यक्ष ओलीको दम्भ र अहंकारले गर्दा एमालेले ओरालो बाटो तय गरिसकेको बताए । कुनै बेला माओवादीले पनि दम्भ देखाएको र पछि ओरालो लागेको बताउँदै एमालेका ‘साइबर स्यालहरु’ पानीको फोका मात्र भएको बताए ।
आफूलाई जनताले ५ वर्षको लागि संसद बनाएर पठाएको तर ओलीले २ पटक भेन्टिलेटरमा पु¥याएको आरोप लगाउँदै बमध्वजले आफूहरु मृत्युलाई जितेर आएको र चाँडै नै कार्यक्षेत्रमा लाग्ने बताए । गाउँसभालाई सम्बोधन गर्दै बमध्वजले भने, ‘मैले ३ पटक जित्नुप¥यो । तपाईंहरु एकचोटी जितेर अब आफ्नो कार्यकाल पूरा गर्दै हुनुहुन्छ । २ पटक त हामीलाई भेन्टिलेटरमा पु¥यायो जितेर आयौं ।’
साइबर स्याहरुले भ्रम फैलाइरहेको छ
यसैबीच सांसद बमध्वजले गोयबल्स शैलीमा साइबर स्यालहरु जनतालाई भ्रम फैलाउन हुँदै नभएको अनेक प्रचार गरिरहेकोले दिक्का बनाएको बताए । आफ्नो निर्वाचन क्षेत्रमा पूर्व मन्त्री गोकुल बाँस्कोटाले बजेट विनियोजन गरेको प्रचार गरिरहेको बताउँदै उनले बाँस्कोटाले भन्दा पनि साईबार स्यालहरुले यस्तो प्रचार गरेको स्पष्ट पारे ।
‘अचेल सुन्दैछु मेरो निर्वाचन क्षेत्रमा ‘हाम्रा विकास प्रेमी नेता गोकुल बाँस्कोटाले यति बजेट हाल्नुभयो’ भनेर प्रचार गरिरहेको रहेछ । मेरो निर्वाचन क्षेत्र भरि यस्तै हल्ला रहेछ ।’ उनले भने, ‘त्यसो हो भने म असक्षम ? मेरो निर्वाचन क्षेत्रमा गोकुल जी आउनु भएको हो त ? तर गोकुलजी आउनु भएको होइन, साइबार स्यालहरुको काम हो । गोयलल्स शैलीमा प्रचार गरिरहेका छन् । जनतलाई भ्रम परिरहेको छ ।’
तेमाल बृहत खानेपानी आयोजना आफूहरु र आफ्नो पार्टीको पहल र संलग्नतामा अगाडि बढेको कुरा तेमालका जनतालाई थाहा भएको बताउँदै एमालेका केही मान्छेहरुले गोकुल बाँस्कोटाको परिकल्पनामा अगाडि बढेको भनेर प्रचार गर्नु गलत भएको उनले बताए ।
‘तेमालको बृहत खानेपानी आयोजनाको परिकल्पना हामी र हाम्रो पार्टी गरेको हो । यो ध्रुवसत्यलाई पनि साईबर स्याहरुले के प्रचार गरे भने गोकुल बाँस्कोटाको परिकल्पनामा यो आयोजना अघि बढेको हो । बाँस्कोटाले करौडौं बजेट विनियोजन गरिएको हो भनेर प्रचार गरिरहेका छन् ।’ बमध्वजले भने ।
उनले आर्थिक अध्यादेशबाट आएको हो यो बजेट । संसद पनि अध्यादेश टेबुल भएन भने स्वतः निस्कृया हुने बताउँदै अर्को नयाँ बजेट आएपछि त्यतिखेर कस्को पहलमा आएको बजेट भनेर हल्ला गर्ने होला भन्दै प्रश्न गरेका थिए ।
उनले एक अर्को प्रसंगमा तेमालका अध्यक्ष सलामसिं तामाङ दोस्रो ओली बन्न खोज्दा तेमालमा समस्या आएको तर जनताले झुकाएको छ ।
भिडियो हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















