जिल्ला प्रशासन कार्यालय, काभ्रेबाट प्रदान गरिने सेवा प्रवाह श्रावण ३ गतेका दिन स्थनगन हुने भएको छ । कार्यालय स्थानान्तरण हुने एकोले सो दिन इन्टरनेट र इन्ट्रानेट सूचारु नहुने भएकोले सेवा प्रवा बन्द हुने कार्यालयले एक सूचना जारी गरी जानकारी दिएको छ ।

यस्तो छ सूचना

सेवा प्रवाह स्थगन सम्बन्धी जरुरी सूचना

प्रस्तुत विषयमा जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकको कार्यालय भवन हालको स्थानबाट स्थानान्तरण भई जिल्ला समन्वय समितिको कार्यालय, काभ्रेपलाञ्चोकको परिसरमा रहेको भवनबाट सेवा सुचारु गर्न लागिएको र कार्यालय स्थानान्तरणका कारणले तत्काल ईन्टरनेट र ईन्ट्रानेट सुचारु गर्न कठिनाई भएकाले सोको व्यवस्थापनको लागि मिति २०७८।०४।०३ गते आईतबारका दिन यस कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह हुन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सो कारणबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक क्षमाप्रार्थी छ ।
मितिः २०७८।०४।०१

शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।