नेकपा एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइबाले पार्टीको सदस्यता नविकरण र नयाँ सदस्यता थप गर्ने पार्टीको आधिकारीक योजना नभएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत अध्यक्ष वाइबाले एक अपिल जारी गर्दै नविकरण र नयाँ सदस्यता वितरण कार्यक्रम नगर्न र नगराउन अपिल जारी गरेका हुन् ।

पार्टीको केन्द्रीय समिति र जिल्ला समितिबाट कुनै पनि निर्णय नभएकोले नविकरण र नयाँ सदस्यता वितरण कार्यक्रम आधिकारीक नभएको अपिलमा उल्लेख छ । वाइबाले अपिलमा भनिएको छ, ‘नेकपा एमाले काभ्रे जिल्ला भरिका सम्पुर्ण संगठित सदस्यहरुको सदस्यता नबिकरण र नयाँ सदस्यता थप गर्ने कार्यक्रम सन्चालन गर्न केन्द्रिय कमिटीबाट कुनै आधिकारिक सुचना तथा सर्कुलर नभएको साथै जिल्ला पार्टी कमिटि काभ्रेको कुनै आधिकारिक निर्णय नभएको हुँदा पार्टीको आधिकारिक सूचना नभएसम्मको लागि यस्ता कार्य नगर्न नगराउनका लागि सामाजिक संजाल मार्फत अपिल गर्दछु ।’

नेकपा एमाले ओली समूहले सदस्यता नविकरण र नयाँ सदस्यता वितरणलाई तिब्र बनाइरहेको बेला अध्यक्ष वाइबाले यसरी अपिल जारी गरेका हुन् । वाइबा नेपाल समूहका नेता हुन् भने उनी निर्वाचित जिल्ला अध्यक्ष समेत हुन् ।

यस्तो छ अपिल

नेकपा एमाले काभ्रे जिल्लाका सम्पुर्ण संगठित सदस्यहरुका लागि अपिल

नेकपा एमाले काभ्रे जिल्ला भरिका सम्पुर्ण संगठित सदस्यहरुको सदस्यता नबिकरण र नयाँ सदस्यता थप गर्ने कार्यक्रम सन्चालन गर्न केन्द्रिय कमिटीबाट कुनै आधिकारिक सुचना तथा सर्कुलर नभएको साथै जिल्ला पार्टी कमिटि काभ्रेको कुनै आधिकारिक निर्णय नभएको हुँदा पार्टीको आधिकारिक सूचना नभएसम्मको लागि यस्ता कार्य नगर्न नगराउनका लागि सामाजिक संजाल मार्फत अपिल गर्दछु । पार्टी केन्द्रीय कमिटिको सर्कुलर पश्चात् जिल्ला पार्टी कमिटीको आधिकारिक बैठक बसि मातहत कमिटिलाई निर्देशन गरिने ब्यहोरा जानकारी गराँउदछु ।

टोकबहादुर वाइबा
अध्यक्ष
नेकपा एमाले जिल्ला कमिटी, काभ्रे

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।