नेकपा एमाले काभ्रेको ‘आधिकारीक’ बैठक सम्पन्न भएको छ । नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
काभ्रेमा एमालेको ओली समूह र नेपाल समूह सक्रिया रहेको बेला सो बैठक आधिकारीक बैठक भएको जनाएको छ । पार्टीको वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले संगठन सुदृढीकरणका लागि विशेष अभियान चलाउने निर्णय गरेको अध्यक्ष वाईबाले जानकारी दिएका छन् ।
यसैबीच बैठकले आगामी असोज महिनाभित्र वडा तहसम्म जनवर्गीय संगठन निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै संगठित सदस्य नविकरण गर्ने र नयाँ सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ ।
बैठकले जिल्ला कमिटी र जनवर्गी संगठनलाई पनि पूर्णता दिने निर्णय गरेको छ । बैठकले संगठन सुदृढीकरणका लागि जिम्मेवारी समेत तोकेको छ । जिल्लाको १३ वाटै स्थानीय तहमा संगठन सुदृढीकरण गर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको हो ।
यस अघि असार २३ गते बनेपा स्थित पार्टी कार्यालयमा बसेको ओली समूहको जिल्ला कमिटी बैठकले पनि संगठित सदस्य नविकरण गर्ने र नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















