काभ्रे जिल्लामा बैकिङ्ग कसूर मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का बिनय मैनाली रहेका छन् ।

मैनालीलाई बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २८ गते १७ दिन कैद, ७६ लाख जरिवाना र ३ लाख १५ हजार क्षतिपुर्ति भराउने ठहर सहित फैसला सुनाएको थियो ।

अदालतको फैसला पश्चात मैनाली फरार रहेका थिए । उनलाई जिल्ला प्र’हरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेको हो । मैनालीलाई कैद जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।