काभ्रे जिल्लामा केन्द्रिय कार्यालय भएको शान्ति जन आदर्श सेवा केन्द्रको सक्रियतामा काभ्रे जिल्लाको ३ स्थानीय तहका ४२ विपन्न परिवारले नयाँ घर पाएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण भूकम्पले भत्किएको आफ्नो घर पुनर्निर्माण गर्न नसकेका परिवारको घर सिआरसी नेपाल र शान्ति जन आदर्श सेवा केन्द्रको साझेदारीमा निर्माण भएपछि उनीहरुले नयाँ घर पाएका हुन् ।
शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाका अनुसार स्थानीय सरकारको समन्वयमा काभ्रे पुनर्लाभ तथा पुनर्उत्थान परियोजना अन्तर्गत तीन पालिकाहरुमा २ कोठे भूकम्प प्रतिरोधात्मक ४२ घर निर्माण गरी हस्तान्तरण समेत गरिसकेको छ । ‘एकल महिला, जेष्ठ नागरिक, अपांग, भुमिहिन, अति जोखिममा रहेको परिवाररुलाई दुई कोठे भुकम्प प्रतिारेधात्मक पक्की ४२ घर निर्माण गरेर हस्तान्तरण गरेका छौं ।’ अध्यक्ष लामाले भने, ‘भुकम्पपछि आर्थिक अवस्था कमजोरका कारण निर्माण सम्पन्न गर्न नसकेको २ सय ९३ घरलाई समेत झ्याल ढोका हल्न, छाना छाउन हामीले ३० देखि ५० हजार रुपैयाँसम्म सहयोग गरेका छौं ।’
सो परियोजना मार्फत रोशी गाउँपालिकामा संकटासन्न परिवारका लागि निर्माण भएको २ कोठे पक्की घर १३ वटा निर्माण सम्पन्न भएको र सोको लागत ७९ लाख १९ हजार रुपैयाँ रहेको लामाले जानकारी दिए । त्यसैगरी रोशीमा निर्माण सम्पन्न हुन नसकेको १ सय २ घरलाई आवश्यक सामाग्री, ढुवानी र ज्यालाका लागि ३७ लाख ६ हजार १ सय ४ रुपैयाँ खर्च लागेको उनले बताए ।
त्यसैगरि तेमाल गाउँपालिकामा संकटासन्न परिवारका लागि २ कोठे पक्की १३ घर निर्माण सम्पन्न गरी हस्तान्तरण भएको घरहरुको लागि ८० लाख २६ हजार १ सय ५३ रुपैयाँ खर्च भएको अध्यक्ष लामाले जानकारी दिए । सो गाउँपालिकामा निर्माण सम्पन्न गर्न नसकेका ९० घरहरुलाई विभिन्न सामाग्रीहरुको लागि ३२ लाख ७५ हजार ६ सय २७ रुपैयाँ खर्च भएको र एक घर प्रवलिकरण सहयोगको लागि २ लाख २९ हजार खर्च लागेको बताइएको छ ।
यसैबीच पनौती नगरपालिकामा संकटासन्न परिवारका लागि २ कोठे पक्की १६ घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको र सोको लागि १ करोड २ लाख ३१ हजार ८ सय १३ रुपैयाँ खर्च लागेको लामाले जानकारी दिए । यस नगरपालिकामा निर्माण सम्पन्न हुन नसकेका ९९ घरहरुलाई निर्माण सम्पन्नका लागि ४३ लाख ३० हजार ९ सय ७७ रुपैयाँ खर्च लागेको छ भने एक घर प्रवलिकरण सहयोगका लागि ३ लाख २५ हजार ८ सय १४ रुपैयाँ खर्च लागेको छ ।
निर्माण सम्पन्न भएका घरहरुको पनौतीमा जेष्ठ १५ गते, तेमालमा जेष्ठ १८ गते र रोशीमा जेष्ठ १९ गते सम्बन्धित पालिकाहरुमा खर्चको विवरण सार्वजनिक गरिएको थियो ।
त्यसैक्रममा संस्थाले मेथिनकोट अस्पताललाई कोभिड–१९ का विरुद्ध लड्न २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री समेत सहयोग गरेको लामाले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
तेमालका १३ विपन्न परिवारको ६ वर्षपछि टहरोबाट पक्की घरमा बास
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















