माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल काभ्रेको बैठक आज (शनिबार) सम्पन्न भएको छ । जिल्ला संयोजक प्रदीप तामाङको अध्यक्षतामा स्थानीय तहका संयोजक सहितको बैठक सम्पन्न भएको हो ।
जिल्ला संयोजक तामाङका अनुसार बैठकले संगठनलाई सुदृढ गर्नका लागि सबै वडाहरु, गाउँपालिका र नगरपालिकाको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । ‘जिल्ला भरिका सबै नगरपालिका गाउँपालिका र वडाहरुको भेला, सम्मेलन सम्बन्धित तहको पार्टीसँग सम्वन्वय गरि भदौ ५ देखि १० गते भित्र सम्पन्न गर्ने निर्णय गरेका छौं ।’ संयोजक तामाङले जानकारी दिए ।
त्यसैगरी बैठकले जिल्ला भरि संगठनको सदस्यता बितरण गर्ने र जिल्लाको विस्तारीत बैठक आगामी भदौं ४ गते बस्ने निर्णय भएको उनले बताए ।
संगठनलाई सुदृढीकरण र सुद्धिकरण गर्दै जनता र देश प्रति प्रतिबद्ध फर्मेशन निर्माण गर्न आफूहरु लागेको संयोजक तामाङले जानकारी दिए । ‘यो बद्लिदो परिस्थितिमा जनताको आसा र भरोसा माओवादी केन्द्र प्रति नै छ ।’ उनले भने, ‘जनताको आसा र भरोसालाई टुट्न नदिन अब हाम्रो संगठन वाइसिएलले महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसैको लागि संगठन सुदृढिकरण र सुद्धिकरणको अभियानमा हामी छौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















