काभ्रे जिल्लास्थित १३ वटै पालिकाहरुमा यस अघि स्थापना भएका आइसोलेशन सेन्टरहरुमा आवश्यक सामग्रीको प्रबन्ध गरी संचालन गर्न सकिने अवस्थामा रहन अनुरोध गरेको छ । जिल्लामा कोभिड–१९ संक्रमणदर फेरि बढ्न थालेपछि जिल्ला स्तरीय विपद् व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले यस्तो अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले एन्टीजेन परिक्षण र पिसिआर परिक्षणलाई प्रभावकारी बनाउन समेत अनुरोध गरेको छ ।

यस्तो छ निर्णयः

१. कोभिड–१९ संक्रमितको संख्या विगत केहि दिनदेखि वुद्धि भई रहेको सन्दर्भमा काभ्रेपलाञ्चोक जिल्लाका रोशीपारि तथा डाँडापारि क्षेत्रमा Antigen Test प्रभावकारी रुपमा जाँच गर्ने र PCR गनुपर्ने अवस्थामा सो समेतका लागि Sample संकलन गरी जाँच गर्ने व्यवस्था मिलाउन सबै पालिकाहरुमा अनुरोध गर्ने ।

२. जिल्लास्थित १३ वटै पालिकाहरुमा यस अघि स्थापना भएका आइसोलेशन सेन्टरहरुमा आवश्यक सामग्रीको प्रबन्ध गरी संचालन गर्न सकिने अवस्थामा रहन सबै पालिकाहरुलाई अनुरोध गर्ने ।

३. पछिल्लो दिनमा जिल्लामा कोमिड–१९ संक्रमितहरुको संख्या बढ्दै गइरहेको र निषेध आदेश केही खुकुलो भएकोले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा केही कमी देखिएको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफु र सबैलाई सुरक्षित रहन नागरिक समाजमा पुग्ने गरी प्रचार प्रसारको व्यवस्था मिलाउन सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गर्ने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।