काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवँरले आफूबाट कुनै पनि सेवाग्राहीलाई हातपात नगरेको जनाएको छ । आइतबार विभिन्न सञ्चार माध्यमहरुमा आफूले सेवाग्राहीलाई हातपात गरेको भन्दै समाचार आएपछि अध्यक्ष कुवँरले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार प्रति आपित्त जनाएका छन् ।

आफूबाट हुँदै नभएको कुरालाई समाचार तयार गरी संप्रेशन गरेको प्रति कुवँरले घोर भत्र्ससना समेत गरेका छन् ।

‘नभएको नगरेको घटनाको काल्पनिक समाचार तयार गरी जनप्रतिनिधिलाई चरित्र हत्या एवं गाउँपालिकाको मानमर्दन हुने गरी दुराषयपूर्ण अभिप्राय राखी प्रकाशित गरिएको समाचार प्रति यस गाउँपालिका घोरभत्र्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिका अध्यक्षलाई औपचारिक सूचना नमागी फोटो सहित गलत मनोवृतिबाट प्रायोजित भइ मनोगत मिथ्याको भ्रममा आधारित विषयमा प्रकाशित भएको समाचारले अध्यक्षको ब्याक्तिगत चरित्रहत्या तथा गाउँपालिकाको गम्भिररुपले मानहानी भएकोले उक्त कपोलकल्पित भ्रामक समाचारको खण्डन तथा भत्र्सना गर्दै सार्वजनिक रुपमा यो विज्ञप्ति जारी गरेको छौं ।’

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति मिति २०७८ साल श्रावण महिनाको २४ गतेका दिन काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित विभिन्न आनलाईन मिडिया तथा सामाजिक सञ्जालमा गाउँपालिका अध्यक्षले कार्यकक्षमा सेवाग्राहीलाई हातपात गरेको भन्ने प्रकाशित समाचार प्रति यस भुम्लु गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । यसरी नभएको नगरेको घटनाको काल्पनिक समाचार तयार गरी जनप्रतिनिधिलाई चरित्र हत्या एवं गाउँपालिकाको मानमर्दन हुने गरी दुराषयपूर्ण अभिप्राय राखी प्रकाशित गरिएको समाचार प्रति यस गाउँपालिका घोरभत्सर्ना गर्दछ । साथै सम्बन्धित पक्षलाई कुटपिट गरेको अरोप पुष्टि गर्न चुनौती दिन चाहन्छौं । स्मरण रहोस् यस भुम्लु गाउँपालिकामा हामी निवार्चित भए पछि हालसम्म गाउँपालिकाबाट सुशासन, जवाफदेहिता, पारदर्शिता तथा विधि प्रक्रियालाई आत्मसाथ गर्दै जनतालाई सर्वसुलभ सेवा दिनु हामो दायित्व हो । यो दायित्वबाट हामी रतिभर विचलित छैनौ । अतः हिजो प्रकाशित समाचारका विषयमा आम जनता र सञ्चारकर्मीलाई बास्तविकता स्पस्ट पार्न चाहान्छौ ।

यस गाउँपालिकाको वडा नं. ४ को काभ्रे भन्ने स्थामा आ व ०७७।०७८ को गाउँसभाबाट काभ्रे सिमपाल कृषि सडक निर्माणका लागि दुई लाख बजेट विनियोजन भएकोमा सो कार्य गर्न नियमानुसार समिति गठन भई समितिले मिति २०७८३१२ मा निर्माण कार्य गरिरहेको बेलामा सम्बन्धित जग्गा धनी पृथ्वी बहादुर कुवँर र निजको छोरा तुलसी बहादुर कुवँर समितिको पदाधिकारी विच झैझगडा भई समितिको पदाधिकारीलाई हसियाँ प्रहार गरी घाईते बनाईएको, सो विषयमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएकोमा गाउँपालिका अध्यक्षको रोहवरमा छलफल गराएको र जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गराई घटना साम्य भईसकेको थियो । सोही घटनालाई अतिरन्जित गरी वडा कार्यालयमा विवाद समाधन नभई गाउँपालिकामा उपाभोक्ता समिति तथा निज जग्गा धनी बिच छलफल गरेको अवस्थामा दुवै पक्ष बिच भनाभन हुँदा सम्झाई वुझाई गर्ने क्रममा निज पृथ्वी बहादुर कुवँरले उत्तेजित भई वडाअध्यक्ष लाई असामाजिक भाषा प्रयोग गरेकोमा त्यसो नगर्नु भनी सम्झाउने क्रममा बैठक कक्षबाट बाहिर निस्किएर घटनालाई बढाईचढाई गरेको मात्र हो । गाउँपालिका अध्यक्षले गर्दै नगरेको कार्यलाई कुटपिट गरेको भनी राजनीतिक रुपमा दुराषयपूर्ण अभिप्राय राखि प्रकाशित गरिएको समाचार प्रति यस गाउँपालिका घोरभत्सर्ना गर्दछ ।

गाउँपालिका अध्यक्षलाई औपचारिक सूचना नमागी फोटो सहित गलत मनोवृतिबाट प्रायोजित भइ मनोगत मिथ्याको भ्रममा आधारित विषयमा प्रकाशित भएको समाचारले अध्यक्षको ब्याक्तिगत चरित्रहत्या तथा गाउँपालिकाको गम्भिररुपले मानहानी भएकोले उक्त कपोलकल्पित भ्रामक समाचारको खण्डन तथा भत्र्सना गर्दै सार्वजनिक रुपमा यो विज्ञप्ति जारी गरेको छौ ।

गुमान ध्वज कुवर
अध्यक्ष

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।