काभ्रे जिल्लाको मण्डनदेउपुरका किसानलाई नगर प्रमुख टोकबहादुर वाइबाले पाडी वितरण गरेका छन् । गाई भैंसी प्रबद्र्धनका लागि लागत साझेदारी ६०।४० रहने गरी नगर प्रमुख वाइबाले किसानलाई उन्नत जातको भैँसीको पाडी वितरण गरेका हुन् ।
वाइबाले पाडी वितरणसँगै पाडीलाई खुवाउन पोषणका लागि उन्नत जातको घाँस समेत वितरण गरेको थियो ।
मण्डनदेउपुर नगरपालिका वडा नंं. ७, ८ र ९ का ५० जना पशुपालक किसानलाई नगर प्रमुख वाइबाले पाडी वितरण गरेका थिए । पाडी वितरण कार्यक्रममा किसानहरुलाई आर्थिक आत्मनिर्भर बनाउँदै समृद्ध नगर निर्माण गर्न यस्तो कार्यक्रम बनाएको वाइबाले बताए । निर्वाचनको क्रममा कृषि र पशुपालन क्षेत्रमा जनतालाई आधुनिक र व्यवसायी करण गर्ने प्रतिबद्धता जाहेर गरे अनुसार पाडी वितरण गरेको उनले बताए ।
नगरपालिकाले पाडी वितरण गरेपछि किसान खुशी भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















