काभ्रे जिल्लामा कोभिड–१९ को संक्रमणदर फेरि बढेपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानीय तहका सेवाग्राहीको लागि सेवा प्रवाह तालिका सार्वजनिक गरेको छ । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्ने भएकोले सेवा प्रवाह तालिका बनाएको जिल्ला प्रशासन कार्यालय, काभ्रेले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जारी गरीएको सूचना अनुसार सेवा प्रवाह तालिका नगरपालिकाहरुको सेवाग्राहीलाई मात्र लागु हुने छ । गाउँपालिकाहरुका सेवाग्राहीलाई भने हरेक दिन सेवा उपलब्ध गराउने सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना
सेवा प्रवाह सम्बन्धी जरुरी सूचना
उपरोक्त सम्बन्धमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको मापदण्डहरु पालना गर्ने सन्दर्भमा कार्यालयमा दैनिक रुपमा सेवाग्राहीहरुको अत्यधिक भिड भएको र जिल्लामा कोभिड–१९ संक्रमणको दर समेत बढिरहेको सन्दर्भलाई दृष्टिगत गर्दै यस कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सेवा प्रवाहलाई मिति २०७८ साल श्रावण ३१ गते आइतबारबाट अर्को व्यवस्था नभएसम्मका लागि देहाय बमोजिम हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
सेवा प्रवाह हुने तालिकाः
आइतबार, मंगलबार र विहिबार
१. धुलिखेल नगरपालिका, २. पाँचखाल नगरपालिका, ३. पनौती नगरपालिका
सोमबार बुधबार र शुक्रबार सेवा प्रवाह हुने स्थानीय तहः
१. मण्डनदेउपर नगरपालिका, २. नमोबुद्ध नगरपालिका ३. पनौती नगरपालिका
पुनश्चः उपरोक्त नगरपालिकाहरु बाहेक गाउँपालिकाहरुको हकमा हरेक दिन सेवा उपलब्ध हुनेछ ।
मितिः २०७८।०४।२८
शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















