काभ्रे जिल्लाको रोशी गाउँपालिकाको केन्द्रका बिषयमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । वडा नं. ७ का वडा अध्यक्ष पोष्टराज गौतम (रामहरी) ले एक प्रेस बिज्ञप्ती जारी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचार भ्रमपूर्ण रहेकोले आपत्ति जनाएका हुन् ।
वडा अध्यक्ष गौतमले संचार माध्यममा प्रकाशित भएजस्तै ती समाचारका विषयवस्तुहरुमा सत्यता नरहेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘रोशी गाउँपालिका केन्द्र रहने विषयवस्तुलाई लिएर विभिन्न संचार माध्यमहरुमा हालैका दिनहरुमा प्रकाशित समाचारहरु प्रति रोशी गा।पा।वडा नं. ७ को ध्यान आकर्षित भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘संचार माध्यममा प्रकाशित भएजस्तै ती समाचारका विषयवस्तुहरुमा सत्यता नरहेको व्यहोरा सम्वन्धित सबैमा जानकारी गराउन चाहन्छु ।’
गाउँपालिका भवनको केन्द्रको विषय हाल सम्मानित सर्वोच्च अदालतमा मुद्दाको रुपमा विचाराधिन रहेको अवस्थामा रहेकोले सोमा नै प्रभाव पर्ने वा पार्ने गरी मनोगत रुपमा विचारहरु सम्प्रेषण हुनु राम्रो नभएको जनाएको छ ।
उनले प्रेस विज्ञप्ति मार्फत भ्रमपूर्ण समाचार संप्रेशन नगर्न समेत अनुरोध गरेका छन् । ‘यस विषयलाई लिएर समाचार प्रकाशन हुँदा गापाका अन्य जिम्मेवार पदाधिकारी समेतलाई मनोगत रुपमा मुछेर समाचार प्रकाशित गरिएको हँुदा अवका दिनहरुमा यस प्रकारका समाचारहरु सम्प्रेषण नगरी दिनु हुन र यस विषयमा थप जानकारी आवश्यक भएमा रोशी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष पोष्टराज गौतम (मोवाइल नं ९८५१०३९४३८ र ९८०१०३९४३०) सँग सम्पर्क गरी वा प्रत्यक्ष रुपमा भेटेरमात्र समाचार प्रकाशन गरी दिन विशेष अनुरोध सहित यो विज्ञप्ती प्रकाशित गरिएको छ ।’
यस्तो छ प्रेस विज्ञप्तिः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















