केन्द्रिय समितिले जारी गरेको सर्कुलर अनुसार नेकपा (माओवादी केन्द्र) काभ्रेले वडा भेलालाई तीब्र बनाएको छ । साउन ३० गतेभित्र वडा भेला वा सम्मेलन सम्पन्न गर्न केन्द्रिय समितिले सर्कुलर जारी गरेपछि काभ्रे जिल्लाका विभिन्न वडाका भेलाहरु धमाधम भइरहेको छ ।

यसैक्रममा नमोबुद्ध नगरपालिका वडा नं. ७ को वडा भेला शुक्रबार भकुण्डेमा सम्पन्न भएको छ ।

भेलाले युवराज श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन भएको छ । समितिको उपाध्यक्षमा बेली तामाङ, सचिवमा लवाङ लामा, सहसचिवमा गोविन्द लामा र कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् । सदस्यहरुमा विष्णु प्रसाद सिग्देल, माइला मुक्तान, सावित्रीदेवी खनाल, पूजा श्रेष्ठ, कमल विक, रुपमणी अधिकारी, सरोज खनाल, टिका प्रसाद खनाल, धनबहादुर तामाङ, सम्भु प्रसाद खनाल, सुन्दर खनाल, भिमसेन प्रसाद खनाल, धनबहादुर स्याङतान, राजकुमरा लामा, खाङदोर्जे लामा, अच्यूत सिग्देल, रामगोपाल श्रेष्ठ, चमेली विक, कोपिला विक, सरिता खनाल, सिर्जना अधिकारी, शान्ति सुनवार, ठाकुर स्याङतान रहेका छन् ।

यसैबीच भेलाले वाङचु लामाको अध्यक्षतामा ३५ सदस्यीय योङ कम्युनिष्ट लिग नेपालको वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा नवराज तामाङ स्याङतान, सचिवमा नारायण खनाल, कोषाध्यक्षमा शरण बल रहेका छन्् । समितिको सदस्यहरुमा शमी श्रेष्ठ, पूजा श्रेष्ठ, मनिषा घिमिरे, सिर्जना परियार, गीता विक, रस्मिला विक, धनबहादुर भेम्जन, कृष्ण प्रसाद आर्यल, प्रेम वल, सोनाम तामाङ, अविरल लामा, अप्रिल लामा, ङेमा लामा, राम गोपाल श्रेष्ठ, टुकुमान लामा, विजय लामा, बुद्धसिं लामा, प्रकाश बल तामाङ, भगवन गौतम, पूर्णसिं लामा, लवाङ दोर्जे लामा, दलबहादुर लामा, भरत लामा, प्रेम मोक्तान, रवि भोम्जन, सन्तकुमार सार्की, नारायण खनाल, अनन्त प्रसाद खनाल, शिवराम श्रेष्ठ, राधेश्याम श्रेष्ठ, सविन खनाल रहेका छन् ।

यसैगरी २७ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को वडा समिति गठन गरेको छ । समितिको अध्यक्षमा पवित्र खनाल, उपाध्यक्षमा लक्ष्मी तामाङ, सचिवमा निशा श्रेष्ठ, सहसचिमा सिर्जना अधिकारी, कोषाध्यक्षमा चमेली विक रहेका छन् ।

समितिको सदस्यहरुमा दिलमाया लामा, सरिता लामा, मनिषा घिमिरे, शसी श्रेष्ठ, सरस्वती तामाङ, सुनिता तामाङ, मनमाया तामाङ, सुसिला खनाल, अञ्जु खनाल, कल्पना अर्याल, कल्पना सिग्देल, अञ्जु सिग्देल, कविता खनाल, पुण्डरी खनाल, सरिता खनाल, रुकमिनी अधिकारी, शोभा कार्की, रमा सिग्देल, रुकमणी खनाल, देवकी खनाल, बेली तामाङ र शान्ति सुनुवार रहेका छन् ।

बमध्वजले दिए यस्तो निर्देशन

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको वागमती प्रदेश सचिवालय सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज) ले पार्टी संगठनलाई सुदृढ बनाइ आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए । एमालेसँगको पार्टी एकता भएपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ मिठो नारा ल्याएपनि केपी ओलीले कार्यन्वयन नगरेकोले पार्टी विभाजन भएको तर्क गरे । ‘आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुछ, सुदृढ पार्टी बनाएर मात्र यो सम्भव छ । त्यसैले यसको लागि आजैदेखि लाग्न म अनुरोध गर्दछु ।’ सांसद बमध्वजले भने, ‘साँढे ३ वर्षको अवधिमा हामीले जे सोचेर अघि बढेका थियौं, केपी ओलीको गैर कम्युनिष्ट आचरणका कारण झण्डै दुईतिहाइको सरकार ढलेको छ ।’

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र वागमती प्रदेशका सचिवालय सदस्य तथा सांसद गंगाबहादुर तामाङ रहेका थिए भने अतिथिहरुमा माओवादी केन्द्र काभ्रेका सचिवालय सदस्य दैवलाल घिसिङ, जिल्ला सदस्यहरु माधव खनाल, हरि तिमल्सिना, दावा लामा, सञ्जय श्रेष्ठ, नगर सचिव नवराज अधिकारी, अखिल (क्रान्तिकारी)का जिल्ला नेता निरेश लामा, वडा नं. ९ का वडा अध्यक्ष मेघबहादुर लामा, माओवादी केन्द्र नमोबुद्ध नगरका नेताहरु ज्ञानेन्द्र देवकोटा, गोपाल नेपाली, महेश अधिकारी, राम चिमौरिया रहेका थिए ।

कार्यक्रमको सञ्चालन वडा नं. ७ का जननिर्वाचित वडा अध्यक्ष धर्मसिं लामाले गरेका थिए ।

वडा नं. ३ मा पनि भेला सम्पन्न

यसैबीच वडा नं. ३ मा पनि माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ । भेलाले अध्यक्षमा मीन बहादुर पौडेल, उपाध्यक्षमा तेञ्जीङ् लामा, सचिवमा रामबाबु तामाङ, सह–सचिवमा रविन्द्र अधिकारी, कोषाध्यक्ष कृष्णा सापकोटा निर्वाचित भएका छन् ।

Comments

comments