नेकपा माओवादी केन्द्र पाँचखाल नगरपालिका वडा नं. १३ को वडा भेला सम्पन्न भएको छ । आज (शनिबार) एक कार्यक्रमकाबीच कोशीदेखामा सम्पन्न भएको हो ।

भेलाले अशोक कुमार तामाङको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन भएको छ । जसको सचिवमा निर्मला खरेल उप्रेती रहेको छ भने सदस्यहरुमा रामबहादुर तामाङ, चन्द्रमाया तामाङ, बुद्धवीर तामाङ, ललितबहादुर थापा मगर, राम रोक्क, शोभा विक, विमला विक, चेतकुमार रोक्क, सन्तोष विसुंखे, राजु लामा, दिपक मैनाली, दिनेश त्रिपाठी, नारायण तोलंगे, कान्छा विसुंखे लगायतका रहेका छन् ।
यसैबीच भेलाले वाइसियएल नेपालको वडा समिति समेत गठन गरेको छ । समितिको संयोजक राजु लामा र सहसंयोजकमा रमेश उप्रेती रहेका छन् । भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को वडा समिति संयोजकमा चन्द्रमाया तामाङ र सहसंयोजकमा अनिता उप्रेती चयन भएका छन् ।

यसैबीच पार्टी वडा सल्लाहकार समिति समेत गठन भएको छ । जसको संयोजकमा सुवास त्रिपाठी र सदस्यहरुमा मिम लामा, ज्ञानबहादुर लामा, दिपक रोक्का, खगेन्द्र थपलिया, कविन्द्र त्रिपाठी रहेका छन् ।
भेलाको प्रमुख अतिथिमा माओवादी केन्द्र वागमती प्रदेश कमिटीका सचिवालय सदस्य तथा सभासद तेजबहादुर मिजार, अतिथिहरुमा जिल्ला सदस्य सावित्री थपलिया, नगर संयोजक रामगोपाल भुजेल, वडा नं. ११ का वडा अध्यक्ष अच्यूत सेढाईं, वाइसिएल नगर संयोजक उग्रराज तामाङ, महिला नगर इन्चार्ज गीता भट्ट लगायतका रहेका थिए ।
मेघराज रोक्काको अध्यक्षतामा भएको भेलामा स्वागत मन्तव्य सुवास त्रिपाठीले राखेका थिए भने सञ्चालन रामशरण उप्रेतीले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















