नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्व उर्जाराज्य मन्त्री सूर्यमान दोङ (लालध्वज)ले आफ्ना पार्टीका अध्यक्ष प्रचण्ड बिना देशै नचल्ने दावी गरेका छन् । काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ को वडा भेलालाई आइतबार सम्बोधन गर्दै पूर्व राज्यमन्त्री लालध्वजले उक्त दावी गरेका हुन् ।

शसस्त्र जनयुद्ध, ०६२।६३ को जनआन्दोलन र संविधान निर्माणदेखि आजसम्मको घट्ना क्रमले माओवादी पार्टी र अध्यक्ष प्रचण्ड विना देशै नचलेको उनको तर्क थियो । ‘परिवर्तनका लागि गरेको हरेक आन्दोलनदेखि आजसम्म आइपुग्दा हाम्रो पार्टी र पार्टीका अध्यक्ष प्रचण्ड विना देशै नचल्ने अवस्थामा रहेको छ ।’ उनले भने, ‘प्रचण्ड सरकारको नेतृत्वमा नभएपनि प्रचण्डकै योजनामा सरकार चलिरहेको छ ।’

सम्बोधन कै क्रममा लालध्वजले आजको पुस्ताले कुनै लडाईं लड्नुनपरोस भनेर आफूहरुले जनयुद्ध गरेको बताउँदै अब समृद्धिको लडाईंमा लाग्न युवाहरुलाई अनुरोध गरे । ‘तपाईं युवाहरूले फेरि लड्नु नपरोस भनेर हामीले जनयुद्ध लडेका थियौं । तर लडाइँ पूर भएन । ’ उनले भने, ‘माओवादी परिवर्तनकारीहरुबिच बहस छ । सबै युवाहरु अब सामाजिक उत्पादनमा लाग्नुपर्छ । समाजवादी कार्यदिशामा जान एकताबद्ध हुनुपर्छ ।’

ओलीको अपवित्र उद्देश्य एकैठाउँमा बस्न सकेन

केपीको अपवित्र उद्देश्यका कारण बृहत कम्युनिष्ट एकता अभियानमा बाधा पुगेको बताउँदै यो अभियान आफ्नो पार्टीको नेतृत्वमा निरन्तर चलाउने बताए । ‘हामीले पवित्र उद्देश्यले पार्टी एकता गरेका थियौं । समाजवादी क्रान्ति सम्पन्न गर्न छरिएर रहेका कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याएर अगाडी बढ्ने उद्देश्य थियो ।’ लालध्वजले भने। ‘तर केपी ओलीबाट अपवित्र काम मात्र भो । ओलि भ्रस्टाचारमा लागे । अनियमिततामा लागे ।’ उनले भने, ‘संविधान र व्यवस्था नै सिध्याउने तिर लागे । केपि ओलिको टिमसँग हामी एकैठाउँमा बस्न सकेनौ ।’

माओवादी फेरि एउटा नयाँ अभियानमा जाने बताउँदै एउटा आँधी ल्याउन र यो अभियानमा युवाहरु लाग्न अनुरोध समेत गरे ।

ओली भन्दा शेरबहादुर राम्रो भनेका होइनौं

लालध्वजले आफ्नो पार्टी राष्ट्रिय सरकार बनाउनेतिर लागेको खुलासा गरे । केही दिनभित्रमा राष्ट्रिय सरकार बन्ने उनको दावी थियो ।

त्यसैगरी ओलीभन्दा देउबा राम्रो भनेर आफूहरुले देउबा राम्रो नभनेकार स्पष्ट पारे । ‘यो सरकारलाई राष्ट्रिय सरकार बनाउनेतिर हाम्रा पार्टी लागेको छ । अर्को कुरा केपि ओलि भन्दा शेरबहादुर राम्रो भनेर उसलाई सहयोग गरेका होइनौं ।’ उनले भने, ‘अहिलेको ब्यबस्था सिध्याउने ओलिको बिरुद्द एक ठाउँमा उभिएको मात्र हो । अहिलेका हाम्रो कार्यभार संविधान र यो व्यवस्थाको रक्षा गर्नु थियो ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।