नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश कमिटीका सदस्य तथा प्रदेशसभा सदस्य सांसद रत्न ढकालले एमाले अध्यक्ष केपी ओलीले ४७ सालको संविधान चाहेकोले एकता भंग भएको बताएका छन् । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ को वडा भेला कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।
मुलुकमा राजनैतिक स्थिरता, समृद्धि र समाजवादी क्रान्ति गर्नका लागि बृहत कम्युनिस्ट पार्टी निर्माण गर्न जरुरत रहेको महासुस गरेर आफ्नो पार्टीले एमालेसँग वाम गठबन्धन गरेर पार्टी एकता गरेको बताउँदै उनले ओली इमान्दार नभएको तर्क गरे । ‘मुलुकमा राजनैतिक स्थिरता, समृद्धि र समाजवादी क्रान्ति गर्नका लागि बृहत कम्युनिस्ट पार्टी निर्माण गर्न जरुरत थियो । यसैलाई महासुस गरेर हाम्रो पार्टीले एमालेसँग वाम गठबन्धन गरेपछि पार्टी एकता गरेको गरेको थियो ।’ ढकालले भने, ‘संविधान कार्यन्वयनको कुरा पनि ओलीलाई मन परेर, पार्टी एकता गर्दा भएको सहमति पनि मन परेन ।’
हामी रक्षा गर्ने केपी भत्काउने तिर लागे
यसैबीच पार्टी एकता भएपछि ओलीको प्रबृत्ति र आफूहरुको प्रबृत्ति नमिलेको तर्क गरे । ‘यो ब्यबस्था र संविधान ओलिलाई घाँडो भएको थियो । ओलि संघीयता धर्मनिर्पेक्षता, गणतन्त्र, समानुपातिक समाबेशी मनपरेको थिएन ।’ सांसद ढकालले भने, ‘ओलिको प्रवृति र हाम्रो प्रवृति मिलेन । त्यसैले हामी यो संविधानको रक्षा गर्ने तिर लाग्यौ ओलि भत्काउने तिर लाग्यो ।’
ओली कम्युनिष्ट होइनन्
सांसद ढकालले एमाले अध्यक्ष ओली कम्युनिष्ट नभएको जिकीर गर्दै उनी राजावादीसँग मिलेको आरोप समेत लगाए । ‘उनी कम्युनिस्ट पनि होइन ।’ उनले भने, ‘यो संविधान निर्माण गर्ने, गणतन्त्रको स्थापना गर्ने लगायतका सबै जस माओवादीलाई जाने भएकोले उनले यो व्यबस्था ध्वस्त पार्न चाहन्थें्र । एकथरी एमाले ४६ सालको संविधान चाहेका छन । राजावादीहरुलाई चाहेको छ । ’
हालको गठनबन्धनको नेतृत्व माओवादी
मुलुकमा रहेको हालको सत्ता गठबन्धनको नेतृत्वले आफ्नो पार्टीले गरेको सांसद ढकालले स्पष्ट पारेका छन् । ‘ सरकारको नेतृत्व काँग्रेसले गरेपनि हालको गठवन्धनको नेतृत्व हाम्रो पार्टीले गरेको छ ।’ उनले भने, ‘संविधान र व्यवस्था बचाउने एजेन्डा मिलेकोले हामीले गठबन्धन गरेका हौं ।’
त्यस्तै उनले कम्युनिस्ट ध्रुवीकरण र एकता प्रक्रिया पनि आफ्नै पार्टीको नेतृत्वमा हुने खुलासा गरे ।
अर्को प्रसंगमा उनले आफ्नो खुट्टामा आफै उभिन सक्ने पार्टी बनाउने सबै लाग्नेपर्नेमा जोड दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















