पूर्व उर्जा राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) र प्रदेस सभा सदस्य सांसद रत्न ढकाल काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ स्थित च्युखाबेसीमा पुगेका छन् । अविरल बर्षाको कारण सुनकोसी नदीमा आएको बाढीले सो क्षेत्रमा पु¥याएको क्षतिकोबारेमा बुझ्न नेता लालध्वज र सांसद ढकाल त्यहाँ पुगेका हुन् ।

सुनकोसीमा आएको बाढीले तेमाल बृहत खानेपानी आयोजनाको संरचनामा ठूलो क्षति पु¥याएको छ भने स्थानीयको पचासौं रोपनी खेतमा क्षति पु¥याएको थियो । आयोजनाको मुख्य ट्याङ्की पुरै जोखिममा परेको छ भने स्थानीयको खेत, माछापालन फर्म, कुखुरा फर्म कृषि फर्म समेत बाढीले लगेको छ ।

बाढी प्रभावित क्षेत्रमा स्थानीय जनतासँग कुरा गर्दै नेता लालध्वजले नदी नियन्त्रणको लागि आफूले पहल गर्ने प्रतिबद्धता जाहेर गरे । ‘खानेपानी आयोजनाको कार्य लगभग अन्तिम चरणमा आइपुगेकोबेला बाढीले समस्यामा पारेको पाइयो । अनि तपाईंहरुको खेत, फर्महरुमा समेत ठूलो क्षति पु¥याएको पाइयो, निक्कै दुःख लाग्यो ।’ उनले भने, ‘नदी नियन्त्रण र क्षतिपूर्तिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

त्यसैगरी बाढी पीडितहरुसँगको भेटमा बागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले खहरेघाटदेखि याङबेल खोलासम्मको नदी नियन्त्रणको लागि आफूले तारजालीको व्यवस्थान गरी ग्याबीन लगाउन पहल गर्ने बताए । ‘पहिलो प्राथमिकता बस्ती र खानेपानी आयोजना संरक्षण गर्नुपर्ने भएको देखिन्छ ।’ उनले भने, ‘खहरेघाट देखि याङबेल खोलासम्मको लागि तार जाली ग्यावीनको व्यवस्था गर्न म पहल गर्नेछु ।’

सोही क्रममा वडा अध्यक्ष तिमालसिं तामाङले बाढी पिडित स्थानीयलाई क्षतिपूर्ति र नदी नियन्त्रणको लागि जतिसक्दो छिटो पहल गर्न नेताद्वय लालध्वज र ढकाललाई अनुरोध गरेका थिए । सो टोलीमा नेकपा माओावदी केन्द्रका जिल्ला नेताहरु, तेमाल गाउँकार्यपालिकाका सदस्य पार्वती श्रेष्ठ, वडा सदस्य डिल्लीमान तामाङ, स्थानीय नेताहरु र स्थानीयवासीको सहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।