काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा वागमती प्रदेशमा रहेका ७४ वटा गाउँपालिका मध्यमा सबैभन्दा कम बेरुजु देखिएको छ भने प्रदेशको ११९ स्थानीय तहहरुमध्य पनि दोस्रो स्थानमा रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन–२०७८ मार्फत उक्त तथ्यांक सार्वजनिक भएको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वित्तिय प्रतिवेदन अनुसार महाभारत गाउँपालिकाको ६७ करोड ७९ लाख १३ हजारको लेखापरिक्षणबाट ०.४३ प्रतिशत अर्थात् २९ लाख ४० हजार बराबरको बेरुजु देखिएको वित्तिय प्रतिवेदनमा उल्लेख गरेको छ ।

बेरुजु कम भएसँगै सुशासनको क्षेत्रमा गाउँपालिकाले निक्कै सुधार गरेको देखिएको छ । सामूहिक प्रयासले मात्र प्रदेशकै उत्कृष्टता हाँसिल गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा संसारले बताए । ‘मेरो एक्लो प्रयासले मात्र बेरुजुमा कम भएको होइन, यसमा सामूहिकत प्रयत्न र मिहनेत रहेको छ ।’ अध्यक्ष जिम्बाले भने, सम्पूर्ण जनप्रतिनिधि। कर्मचारीहरु, गाउँबासी, उपभोक्ता समितिमा रहेर काम गरेका साथीहरु, सबैको सामूहिक प्रयासको फल हो यो ।

आगामी दिनमा गाउँपालिकामा शुन्य बेरुजु बनाउने प्रयत्न गर्ने अध्यक्ष जिम्बाले बताए ।

त्यस्तै प्रदेशका स्थानीय तहहरुमध्ये दोलखाको बैतेश्वर गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखाको वित्तिय सुचक अनुसार उक्त गाउँपालिकाको १४.०९ प्रतिशात अर्थात् १२ करोड ४८ लाख ४२ हजार बेरुजु देखिन्छन् ।

तेमालमा जिल्लाकै सबैभन्दा बेरुजु

काभ्रेको १३ गाउँपालकाहरु मध्य तेमाल गाउँपालिकामा सबैभन्दा बढी बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी काभ्रेको १३ स्थानीय तहमध्ये सबैभन्दा बढी तेमाल गाउँपालिकाको ९.७० प्रतिशात अर्थात ९ करोड २४ लाख ४ हजार बेरुजु देखिएको छ । तेमालको ९५ करोड २७ लाख २७ हजार बजेटको लेखा परिक्षण गरिएको थियो ।

महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय प्रतिबेदन सुचकले काभ्रेका स्थानीय तह मध्ये पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको रिपोर्ट प्रस्तुत गरेको छ ।

यसैबीच जिल्लाको कम बेरुजु हुने दोस्रो स्थानीय तह पाँचखाल नगरपालिका रहेको छ । यस नगरपालिकाको शुन्य दशमलब ८६ प्रतिशत बेरुजु रहेको छ ।
कुन स्थानीय तहमा कति बेरुजु ?

प्रतिवेदन अनुसार सबैभन्दा बढि बेरुजु नगरपालिकामा मण्डनदेउपुर नगरपालिका बजेटको ५ दशमलब ४६ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै धुलिखेल नगरपालिकामा शुन्य दशमलब ९९ प्रतिशत, बनेपा नगरपालिकामा २ दशमलब २८ प्रतिशत, नमोबुद्ध नगरपालिकामा २ दशमलब ८३ प्रतिशत तथा पनौती नगरपालिकामा ३ दशमलब ६२ प्रतिशत बेरुजु देखिएको छ ।

गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा १ दशमलब ८८ प्रतिशत, खानीखोला गाउँपालिकामा ३ दशमलब ३१ प्रतिशत, चौरी देउराली गाउँपालिकामा ५ दशमलब २४ प्रतिशत, भुम्लु गाउँपालिकामा ६ दशमलब १२, बेथानचोक गाउँपालिकामा ७ दशमलब ९७ प्रतिशत बेरुजु देखिएको छ ।

यस्तो छ तथ्यांक

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।