नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं. ५ को वडा भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको भेलाले नयाँ वडा समिति चयन गरेको छ ।

भेलाले अजय लामाको अध्यक्षतामा २९ सदस्यीय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा धनबहादुर तामाङ, सचिवमा ज्ञानु लामा, कोषाध्यक्षमा रञ्जना लामा मोक्तान, सदस्यहरुमा बुमसाङ लामा, अर्जुन लामा, रोहित सुनार, शेरप लामा, मुक्तसिं लामा, रोजलाल लामा, ज्ञानबहादुर गोले, युना मोक्तान, दावा लामा, कर्म लामा, जीव्न लामा, भिमबहादुर लामा, पाल्साङ लामा, अरुण दोङ तामाङ, भुपाल तामाङ, मोहित लामा, निरबहादुर तामाङ लगायत रहेका छन् ।

कार्यक्रम पूर्वराज्यमन्त्री सूर्यमान दोङ लालध्वजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने

कार्यक्रमको अतिथिहरुमा प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, पार्टी सचिवालय सदस्य डिएम लामा, खड्गबहादुर लामा, जिल्ला सदस्य कल्पना लामा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दुधराज तामाङ, गाउँ कमिटीका कोषाध्यक्ष विलबहादुर तामाङ, गाउँकमिटी सदस्यहरु विलबहादुर तामाङ, हजार सिं तामाङ, मोहन कुमार मोक्तान, शिक्षक नेता ढुवाङदोर्जे लामा, गाउँकमिटी सदस्य राकेश लामा लगायतका रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।