नेकपा माओवादी केन्द्र तेमाल गाउँपालिका वडा नं. ८ को दोस्रो वडा भेला सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भेलाले सूर्यबहादुर लामाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । यस अघि पनि अध्यक्ष रहेको लामा दोस्रोपटक पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।

भेलाबाट निर्वाचित उपाध्यक्षमा राजु तामाङ, सचिवमा इश्वरी कुमारी लामा घिसिङ, सहसचिवमा ठूला तामाङ, कोषाध्यक्षमा चमारसिं तामाङ रहेका छन् भने सदस्यहरुमा श्यामहरि मैनाली, केशब मैनाली, कुमार प्रसाद मैनाली, मेनुका तामाङ, ललिता घिसिङ, रञ्जित गिनेल मगर, रञ्जित रेग्मी मगर, मनराज तामाङ, बौद्ध थोकर, रोशन दमै, जनकमान तामाङ, दावा लामा, कुमार लामा, ऋतु योञ्जन, धनमान तामाङ, भिमबहादुर तामाङ, हेमलाल श्रेष्ठ, मनध्वज दोङ, हरि थोकर, सञ्चमान बल, विजय घिसिङ, नानीराम राय, दिलिप थपलिया, तिर्थबहादुर सापकोटा, गुणरज विक, बिराज तामाङ बल रहेका छन् ।
सल्लाहकार समितिको संयोजकमा चन्द्रध्वज
त्यसैगरी भेलाले चन्द्रध्वज तामाङको संयोजकत्वमा वडा पार्टी सल्लाहकार समिति समेत गठन गरेको छ । वडा भित्रका अग्रज र पार्टीलाई निरन्तर योगदान पु¥याउँदै आएका पार्टी नेता तथा कार्यकर्ताहरुलाई समेटेर सल्लाहकार समिति गठन गरेको जनाएको छ । समितिको सदस्यहरुमा बाबु लामा, धनराज लामा, बेनीबहादुर श्रेष्ठ, इन्द्रबहादुर तामाङ, नमराज नेपाली, सूर्यमान तामाङ, उद्धव खरेल, धर्मलाल तामाङ, उत्तरध्वज तामाङ र कर्मसिं तामाङ रहेका छन् ।

वाइसिएलको संयोजकमा राज
यसैबीच भेलामा योङ कम्युनिष्ट लिग नेपाल वडा समिति समेत गठन गरेको छ । समितिको संयोजकमा राज दोङ, सदस्यहरुमा प्रवेश दोङ, सुसन दोङ, जगतबहादुर दोङ, लप्साङ घिसिङ, बुद्ध घिसिङ, राहुल लामा, कान्छामान तामाङ, विवेक लामा लगायतका रहेका छन् ।
भेलाले अखिल क्रान्तिकारीको संयोजकमा विराज बल र अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयोजकमा सृजना रायमाझीलाई तोकिएको छ ।
एमाले र काँग्रेस परित्याग गरि माओवादीमा प्रवेश
वडा भेला कार्यक्रममा एमाले र काँग्रेस परित्याग गरि माओवादीमा केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश हुनेहरुमा हर्कमान दोङ, इन्द्रबहादुर रायमाझी, हरि थोकर, राजन राय, सञ्चमान बल, जयबहादुर दोङ, विराज बल, कमल दोङ, पेम्ब घिसिङ, धनबहादुर दोङ, बाबु दोङ, विजय घिसिङ, पराङ दोङ, पञ्चमाया नेपाली, नानीराम राय, हरिराम राय, जयबहादुर बल रहेका छन् ।

नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी जिल्ला इन्चार्ज लालध्वजले स्वागत गरेका थिए ।
कार्यक्रम माओवादी केन्द्रको जिल्ला इन्चार्ज सूर्यमान दोङ लालध्वजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने अतिथिहरुमा प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, जिल्ला सचिवालय सदस्य डिएम लामा, विदेश विभाग सदस्य टासी लामा, जिल्ला सदस्यहरु ग्याम्जो थोकर, कुवेरसिं दोङ, च्याङबा लामा, माओवादी नेताहरु लनामदोर्जे तामाङ, सुरेश तामाङ, विश्व दोङ, कुमार घिसिङ, वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङ, वडा सदस्यहरु जनकबहादुर रायमाझी, अजय तामाङ, देवकी मैनाली, ललिता कामी, विद्यार्थी नेताहरु विवस तामाङ, उर्मिला तामाङ, सृर्जना तामाङ लगायतका सहभागी रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















