नेकपा माओवादी केन्द्र पाँचखार नगरपालिका वडा नं. ३ को वडा भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको भेलाले रमेशराज गिरीको अध्यक्षतामा २९ सदस्यीय वडा समिति निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा सारादा रसाइली, सचिवमा कृष्णबहादुर सार्की, सह–सचिवमा शिवहरि लामिछाने र कोषाध्यक्षमा केदार दाहाल रहेका छन् । समितिको सदस्यहरुमा दयाराम लामिछाने, जगनाथ दुलाल, विजय अर्याल, दिपेन्द्रराज गिरी, मधुकर भुजेल, कृष्ण विक, लालकाजी तामाङ, गणेश गिरि, कुमार गिरी, संकर गिरी, सिताराम गिरी, रत्नबहादुर भुजेल, विनोद गिरी, घले मिजार, गोपी गिरी, कान्छा सार्की, सुजित गिरी, कुमार गिरी, प्रकिरण गिरी, सम्भुराज गिरी, बालकृष्ण मिजार, सन्ध्या गिरी रहेका छन् ।

यसैबीच भेलाले योङ कम्युनिष्ट लिग नेपाल वडा समिति समेत गठन गरेको छ । समितिको संयोजकमा बालकृष्ण मिजार, सदस्यहरुमा सुजित गिरी, सौरव राज गिरी, कुमार गिरी, प्रकिरण गिरी लगायतका रहेका छन् ।

भेला माओवादी केन्द्रका जिल्ला अध्यक्ष रुकु चौंलागाईंको प्रमुख आतिथ्यतामा भएको थियो भने अतिथिहरुमा जिल्ला सचिवालय सदस्य आइतसिं तामाङ, जिल्ला सदस्य यादव ढुंगेल, नगर संयोजक रामगोपाल भुजेल, बुद्धिजीवि संगठन वागमती प्रदेश सदस्य कान्छालाल गिरी, पाँचखाल नगर पालिका वडा नं. १३ का इन्चार्ज रामशरण उप्रेति, युवा नगर संयोजक उग्रराज तामाङ, शिक्षक नेता जयराम सापकोटा, सामजसेवी बलराम गिरी लगायतका रहेका थिए ।

कार्यक्रमको सभाअध्यक्ष रमेशराज गिरीले गरेका थिए भने स्वागत मन्तव्य मोहनकाजी तामाङले र कार्यक्रम सञ्चालन सर्वोत्तम गिरीले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।