नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल क्रान्तिकारी तेमालको संयुक्त तेमालगाउँ भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको भेलाले दुवै संगठनको नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
भेलाले एकीकृत अखिल नेपाल शिक्षक संगठनको इन्चार्जमा अविन्द्र लामालाई तोकिएको छ भने अध्यक्षमा संजयकुमार लामा, बरिष्ठ उपाध्यक्षमा दमैसिं तामाङ, उपाध्यक्षमा कान्छामान तामाङ, महिला उपाध्यक्षमा सूर्यमाया तामाङ, सचिवमा कुलबहादुर लामा, अर्थ सचिवमा इन्द्रकुमार तामाङ रहेका छन् । सदस्यहरुमा सुनिता तामाङ, मालती तामाङ, च्याङबा तामाङ, दिर्घराज तामाङ, कमलबहादुर घतानी, समुन राना, दावा लामा, चमारसिं तामाङ, छिरिङ तामाङ, प्रेम लामा रहेका छन् ।
यसैबीच अखिल क्रान्तिकारीको गाउँ कमिटी इन्चार्जमा सिर्जना तामाङ, अध्यक्षमा विकास मोक्तान, उपाध्यक्षहरुमा युवराज लामा, रविना तामाङ, आशिष तामाङ, सह–सचिवहरुमा विराज तामाङ, सुस्मिता तामाङ, कोषाध्यक्ष सरोज त्रिपाठी रहेका छन् । सदस्यहरुमा सिमाना तामाङ, धवाङ लामा, जनक तामाङ, आशिष लामा, सञ्जिव श्रेष्ठ, सुदिप तामाङ, पञ्चमाया श्रेष्ठ, ङेमा डोल्मो तामाङ, सुनराज तामाङ, अजय तामाङ, सलक लामा, सिर्जना मगर, सरिता तामाङ, नूतान तामाङ, उज्ज्वल तामाङ, निमा पासाङ तामाङ, राजन घिसिङ, विकेश लामा, रेशम तामाङ, अञ्जन लामा रहेका छन् ।
कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष दुर्गसिं तामाङको प्रमुख आतिथ्यतामा भएको थियो भने अतिथिहरुमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दूधराज लामा, पार्टी जिल्ला सचिवालय सदस्य डिएम लामा, जिल्ला सदस्य सर्किमान लामा, कल्पना लामा, कुबेर दोङ लामा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष युवराज लामा लगायतका रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















