काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ५ मा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको भएको छ । भेलाले अमर बहादुर गोलेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा गुन्ज तामाङ, सचिबमा भोजराज तामाङ, सहसचिबमा सुभास लामा, कोषअध्यक्षमा भबानी खत्री निर्वाचित भएका छन् । यसैगरी सदस्यरुमा फुल बहादुर ब्लोन, सुरेन्द्र तामाङ, सुन्दर सुनाम, वीर बाहादुर वाइबा, देबिलाल वाइबा, सेराप लामा, सानू पुलामी, पुस्प लामा, जित बहादुर पाख्रीन, तेक बहादुर वाइबा, गोमा तामाङ, उखु माया तामाङ, सोम माया गोले, प्रमोद वाइबा, लाल बहादुर थोकर, सुक्रलाल सिङ्तान, राधीका बुडाथोकी, मान बहादुर लामा, सोनाम वाइबा, टासी वाइवा, लोक बहादुर खत्री, विशाल सुनाम र भिम बहादुर तामाङ लगायतका रहेका छन ।

शनिवार आयोजित भेला नेपाल कम्युनिस्ट पार्टी (माओओवादी केन्द्र) का जिल्ला ईन्चार्ज सुर्यमान ढोङ लालध्वजको प्रमुख आतिथ्यतामा बाग्मती प्रदेश सदस्य र इन्द्रबहादुर थिङ छिन्ताङको विशेष अतिथिमा सम्पम्न भएको थियो ।

छबिलाल रुवाको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सचिवालय सदस्य मर्दन सिं तामाङ पेमा, जिल्ला सदस्यहरु तारा राना, मेन कुरार लामा, वाइसीएल नेपालका जिल्ला सदस्य तपस तामाङ, प्रमोद तामाङ र अखिल क्रान्तिकारी काभ्रे जिल्लाका सदस्य तथा बेथान्चोक गाउँपालिकाका अध्यक्ष सुन्दर सुनामको उपस्तिथित रहेको थियो ।

Comments

comments