नेकपा माओवादी केन्द्र पाँचखाल नगरपालिका वडा नं. १२ को वडा भेला सम्पन्न भएको छ । भेलाले सुरेश भुजेलको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्वाचित गरेको छ ।
निर्वाचित वडा समितिको उपाध्यक्षमा श्याम सुनुवार, सचिवमा हिराकाजी तामाङ, सह–सचिवमा प्रकाश तिवारी, कोषाध्यक्षमा कोपिला पुर्कोटी रहेका छन् । त्यस्तै सदस्यहरुमा किशोर शाह, नवराज दनुवार, मदन विक, शिवराम तामाङ, बसन्त दनुवार, शिव दनुवार, काइला मिजार, कृष्णबहादुर तामाङ, मोहन मल्ल, अर्जुन दनुवार, कमल मल्ल, रामकृष्ण दनुवार, रविचन्द्र मैनाली, सत्यराज दनुवार, फुलमाया तामाङ, विमल तामाङ, भिमबहादुर शिवभक्ति, माइला तामाङ, उषा परियार, सिता दनुवार, पदमकुमारी दनुवार, मदन दनुवार र विजय तामाङ रहेका छन् ।
यसैबीच भेलाले मदन विकको अध्यक्षतामा ९ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल १२ नं. वडा समिति गठन गरेको छ । समितिको सचिवमा सुदिप शिवभक्ति र सदस्यहरुमा राजेश शिवभक्ति, विजु भुजेल, संगम शिवभक्ति, सुनिल लामा, विनोद दनुवार, बिकी दनुवार, रविन्द्र विक रहेका छन् ।
भेलामा प्रमुख अतिथि माओवादी केन्द्रका वागमती प्रदेश कमिटि सचिवालय सदस्य सभासद तेजबहादुर मिजार, विशेष अतिथि वागमती प्रदेश कमिटि सदस्य इन्द्रबहादुर थिङ, अतिथिहरुमा जिल्ला सचिवालय सदस्य आइतसिं तामाङ, जिल्ला सदस्यहरु मणिराज गौतम, यज्ञबहादुर दर्जी, नगर संयोजक रामगोपाल भुजेल, वडा नं. ११ का अध्यक्ष अच्युत सेढाईं, वडा नं. २ का सल्लाहकार तिलकराम सापकोटा, युवा नगर संयोजक उग्रराज तामाङ, समाजसेवी सुनिल चौंलागाईं रहेका थिए ।
दिनेश तिमल्सिनाको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सुरेश भुजेलले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















