काभ्रे जिल्लाको धुलिखेलमा ‘दि बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेन’ स्थापना भई बुधबारबाट शुभारम्भ भएको छ । संविधान सभा सदस्य तिर्थ लामा, धुलिखेल नगर प्रमुख अशोक व्याञ्जु र तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले संयुक्त रुपमा उद्घाटन गरेसँगै बर्गर हाउसबाट सेवा सुभारम्भ भएको हो ।

देशको विभिन्न जिल्लामा सर्बाधिक रुचाईएको ‘दि बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेन’ को शाखा जिल्लाको धुलिखेलमा सञ्चालनमा आएसँगै काभ्रेकै सबैभन्दा ठूलो बर्गर हाउस बनेको छ । अरनिको राजमार्ग र विपि राजमार्ग छुटिने चोकको दाँया छेउमै यो बर्गर हाउस देख्न सकिन्छ ।

वर्गर हाउसको उद्घाटन गर्दै संबिधान सभा सदस्य लामाले पर्यटकिय नगर धुलिखेलमा यस किसिमको सुबिधा सम्पन्न बर्गर हाउसको निर्माण हुनु खुसिको कुरा भएको बताउँदै वर्गर हाउस युवा देखि पाका उमेर समुहको रोजाई बनेको चर्चा गरे ।

यसैबीच बर्गर हाउसको उद्घाटन गर्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेलमा पर्यटिकय आकर्षण थप हुने काम गरेकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बर्गर हाउसको बिषेशता भनेको बर्गर साथै फ्राईड चिकेन सँग सँगै बिभिन्न स्वादिष्ट परिकारहरु अर्डर अनुसार पाईने संचालक ज्ञान बहादुर तामाङ बताए । पछिल्लो समय नेपाली समुदायबिच बर्गर हाउस लोकप्रिय बन्दै गईरहेको छ । बर्गर हाउसमा बर्थडे पार्टी, गेट टुगेदर, पारिवारीक जमघट जस्ता कार्य पनि गर्न सकिने सञ्चालक तामाङले बताए । करिब एक करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको यस हाउसमा एकपटकमा ९० जना भन्दा बढीलाई सेवा दिन सकिने उनले जानकारी दिए ।

देशको दक्षिण र पूर्वी क्षेत्रमा जाने र काठमाडौं आउनेहरुको लागि यो वर्गर हाउस थकाई मेट्न र भोक मेट्न समेत उपयुक्त स्थानमा रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।