नेकपा माओवादी केन्द्र काभ्रेले संगठन सुदृढिकरण अभियान तिब्र बनाइरहेको छ । सोही क्रममा तेमाल गाउँपालिका वडा नं. ४ को वडा भेला बुधबार सम्पन्न भएको छ ।
भेलाले धावादोन्डुप लामाको अध्यक्षतामा २९ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सञ्चवीर तामाङ, पेमा लामा, सचिवमा फूलमाया लामा तामाङ, कोषाध्यक्षमा पासुङ लामा र सहसचिवमा दीपा घतानी रहेका छन् । निर्वाचित सदस्यहरुमा मेघबहादुर लामा, विकास तामाङ, भिमकुमार तामाङ, पासाङ तामाङ, धनबहादुर श्रेष्ठ, मानबहादुर दोङ, अर्जुन नेपाली, बुद्धिलाल तामाङ, विष्णुबहादुर तामाङ, निरबहादुर तामाङ, छेवाङ नोर्वु लामा (दमैसिं), कान्छा लामा, अनिल लामा, दिर्गलाल तामाङ, जितबहादुर तामाङ र सेरप लामा रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै पार्टी जिल्ला इन्चार्ज सूर्यमान दोङ लालध्वजले माओवादीले विजय प्राप्त गर्दा मात्रै समृद्धि र विकास हुन बताउँदै आगामी निर्वाचनमा जित्नुको विकल्प नरहेको बताए । कार्यकर्ताहरुलाई जनताको माझमा सधैं रहन निर्देशन दिंदै लालध्वजले अबको बाटो समाजवादी क्रान्ति भएको प्रष्ट पारे ।
यसैबीच कार्यक्रममा विशेष अतिथिको रुपमा जिल्ला अध्यक्ष रुकुचौंलाईं र प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, जिल्ला सचिवालय सदस्य डिएम लामा, जनयुद्धको क्रममा ८ वर्ष जेल जीवन बिताएका माओवादी नेतृ सरिता दोङ, जिल्ला सदस्यहरु ग्याम्जो थोकर, कल्पना लामा, पुराना नेता चन्द्रध्वज लामा, गाउँकमिटि सदस्यहरु पेमादोर्जे लामा, सिद्धि श्रेष्ठ, अखिल क्रान्तिकारी भक्तपुरका जिल्ला सचिव मासबहादुर लामा, वाइसिएल जिल्ला सचिव युद्ध लामा, युवा नेता पुष्पलाल तामाङ, गाउँपालिका कार्यपालिका सदस्य पासुङ लामा लगायतका सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।