नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग लोगो मात्र बाँकी रहेको बताएका छन् । शुक्रबार पार्टीको वागमती प्रदेशको पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
एमालेसँग सूर्य, मदन भण्डारी र जवज मात्र रहेको र यी तीन चीजको लोगो मात्र एमालेसँग रहेको प्रचण्डले दावी गरे । ‘एमालेसँग विचार छैन, वर्गीय पक्षधारता छैन, सिद्धान्त छैन, एमालेसँग लोगो मात्र बाँकी छ ।’ उनले भने, ‘सुर्य, मदन भन्डारी र जबज भएसी पुग्यो ।’
यसैबीच कार्यक्रममा प्रचण्डले जनतामा आत्मविश्वासका साथ जान नेता कार्यकर्तालाई निर्देशन दिँदैजनता र कार्यकर्तामा निराश नभएको तर नेताहरुमै निरास आएको उनले ठोकुवा गरे । ‘लिडरशिपमा आत्म बिस्वास नभएको हो । निरास भएको हो । तलको कार्यकर्ता र जनतामा भको होइन । हामी ठिक भए अरु ठिक हुन्छ भन्न तयार छौ कि छैनौ ? ठूलो क्रान्तिकारी रुपान्तरण गर्ने पार्टी बनाउन सक्छौ ।’
नेतृत्व र नेताको गाली गर्ने काम मात्र भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टी बनाउन सकेनौं भने विघटन गर्नेसम्मको चेतावनी दिए । ‘अझ बढी लिडरशिपलाई गाली गर्ने चलान बढेको छ । यस्तै चरित्र पार्टी चाहिएको हो भने एमाले नै छदै छ नि । काँग्रेस छ नि । माओवादी किन चाहियो ।’ उनले भने, ‘पार्टी बन्दैन भने विघटन गर्ने मन छ । पहिलो अन्तर्राष्ट्रिय कम्युनिस्ट माक्र्स र एंगेलले स्थापना गरे । उहाँहरुले विघटन पनि गर्नुभयो ।’
आत्मालोचना गरेर जनतामा जान र बदल्न समेत प्रचण्डले कार्यकर्तालाई आग्राह गरे । ‘मार्क्सवादले मुख्य काम बदल्ने भनिएको छ । सबै मिलेर बदलौं । बदल्न सकेन भने पार्टी विघटन गर्ने र खेतीपाती गर्ने, किताव लेख्ने, शिप अनुसारको काम गरौं । कम्तिमा जनतालाई ठक्नु त परेन नि ।’ प्रचण्ले भने, ‘पहिला म बिग्रेको छु भन्नेबाट शुरु गर्नुपर्छ । पहिला तिमी बिग्रेको छ भन्न छाडौं ।’
उनले पदको लागि पार्टीभित्र झगडा गर्नेको संख्या बढेको बताउँदै मन्त्री हुनुप¥यो भनेर आउँदा विग्रीन आयो भन्ने लागेको बताए । ‘फेरि एकचोटी नेतृत्व स्थापित गर्नुपर्छ। धेरै प्रचण्डहरु बन्न चाहनेहरु छन् । आउनुहोस् न अध्यक्षबाट हाट्नु भन्नु म हाट्न तयार छु ।’ उनले भने, ‘मन्त्रीमात्र हाम्रो पार्टीबाट सय पटक भएको रहेछ । जसलाई जति बढी मन्त्री बनायो त्यही बढी बिग्रेको छ । अचेल मन्त्री हुन आको देख्दा मलाई राम्रो लाग्दैन । बिग्रीन आयो जस्तो लाग्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















