नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी अनेरास्ववियु (क्रान्तिकारी) काभ्रेले विभिन्न स्थानीय तहहरुको सम्मेलनलाई तिब्रता दिएको छ । सोही क्रममा काभ्रेका रोशी गाउँपालिकामा प्रथम गाउँ सम्मेलन शुक्रबार सम्पन्न गरेको छ ।

सम्मेलनले सिद्धान्त लामाको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटि निर्माण गरेको छ । सम्मेलनले उपाध्यक्षमा सुवर्ण तामाङ र शंखबुद्ध तामाङ, सविचमा युवराज लामा, सह–सचिवमा चन्द्रबहादुर लामा र सन्तोष भुजेल, कोषाध्यक्षमा सोविना लामालाई निर्वाचित गरेको छ ।

यसैबीच निर्वाचित भएका सदस्यहरुमा एकबहादुर दोङ, विक्रम लामा, अभिषेक लामा, आशिष लामा, बुद्ध लामा, सविराज विक, अस्मिता लामा, सन्तोष भुजेल, भगवती सेन्चुरी, अनिता तामाङ, वाङ थिङ तामाङ, राजिब वाइबा, सुविन कायस्था, सोनिका तामाङ, भिमसेन तामाङ, रस्मिता तामाङ, पेम्बा तामाङ, अभिलास तामाङ, प्रतिमा तामाङ र करिश्मा तुम्सिङ निर्वाचित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेको माओवादी केन्द्र बागमती प्रदेश सदस्य मिम बहादुर वाइबा ज्वाला सबै बिद्यार्थी हरु एकजुट हुँदै अबको परिवर्तनमा जोड्दिनु पर्ने बताए । माओवादी केन्द्रले जन बर्गिय संघसंगठनहरु र पार्टीको वडा हुँदै जिल्ला सम्मेलनको तयारी गरिरहेको बताए ।

कार्यक्रममा विशिष्ट अथिती अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य बागमती प्रदेश सचिवालय सदस्य, विद्यार्थी काभ्रे जिल्ला इन्चार्ज दुधराज लामाले शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग जोड्नु पर्ने बताए । आम युवा बिद्यार्थीहरुलाई रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्ने समाजवाद उन्मुख शिक्षाप्रणाली आजको आवश्यकता भएको नेता लामाले जोड दिए ।

कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी काभ्रे जिल्ला अध्यक्ष युबराज लामा, माओवादी केन्द्रका जिल्ला सदस्य सिताराम रेग्मी, अशोक गौतम, मानबिर लामा, नेकपा बिदेश बिभाग सदस्य टासी लामा लगायतले विद्यार्थी सम्मेलन सफलताको शुभकामना मन्तव्य राखिएको थियो ।

सम्मेलन बिबेक लामाको अध्यक्षतामा, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय निर्वाचन समिती सदस्य मुना थापा मगरको सञ्चालनमा र जिल्ला उपाध्यक्ष निरेस लामाले स्वागत मन्तव्य राखिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।