जनता समाजवादी पार्टी काभ्रेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान एक कार्यक्रमकाबीच उद्घाटन भएको छ । आज बनेपामा पार्टीको केन्द्रिय कार्यकारीणी समिति सदस्य राजेन्द्र श्रेष्ठले अभियानको उद्घाटन गरेका हुन् ।
सुज अभियान उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति समेत गठन गरेको छ । शिशिर भण्डारीको संयोजकत्वमा ११९ जिल्ला समन्वय समिति गठन गरेको जसपा काभ्रेले जनाएको छ ।
उद्घाटन कार्यक्रमले जिल्लाका १३ वटै पालिकाका पालिका कमिटीको अध्यक्षको संयोजकत्वमा ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला संयोजक भण्डारीले जानकारी दिए ।
कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारीणी समिति सद्स्यहरू गंगा नारायण श्रेष्ठ, पार्टीका केन्द्रिय सदस्य एवं ताम्सालिङ राष्ट्रिय परिषदका इन्चार्ज रविन्द्र थिङ, पार्टीका केन्द्रिय सदस्य एवं वागमती प्रदेशका सह इन्चार्ज तथा काभ्रे जिल्लाका अभियान संयोजक अकल बहादुर थीङ, वागमती प्रदेशका सह इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य बन्दना सुवेदी, पार्टीका केन्द्रिय सदस्य होमकुमारी दोङ, पार्टीका केन्द्रिय निकाय सदस्य इन्द्र बहादुर गोले तामाङको सहभागीता रहेका थिए ।
कार्यक्रम जिल्ला संयोजन समिति काभ्रेका अध्यक्ष भण्डारीको अध्यक्षतामा पंचकन्या वेन्क्वैट, बनेपामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्व समाजवादी पार्टीको ९९ जना, पूर्व राजपा तर्फबाट ५० जना, एकिकृत मार्क्सवादी पार्टीबाट १३ जना, नेपाली कांग्रेसबाट आएका ४जना र अन्य जनमुक्ति लोकतान्त्रिक पार्टी र नेपाल लोकतान्त्रिक पार्टीका समेत गरी १९९ जनाको जिल्ला समन्वय समिति गठन गरेको छ ।
पार्टीले देशैभरि सुज अभियान सञ्चालन गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















